बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रतिरोधी क्षमता बढाउने यी फलफूलले हुन्छ पत्थरीको खतरा, यस्ता ६ खानेकुराबाट रहनुहोस् टाढा

सोमबार, २९ मङ्सिर २०७७, ०६ : ५७
सोमबार, २९ मङ्सिर २०७७

पत्थरी एक खतरनाक समस्या हो । पत्थरीको पीडा सहनै नसक्ने हुन्छ । नुन र शरीरका अन्य खनिज जब एक–अर्काको सम्पर्कमा आउँछन् तब पत्थरी बन्ने खतरा बढ्ने गर्छ । यसको कुनै निश्चित आकार पनि हुँदैन । डाक्टरका अनुसार मानिसको शरीरमा चार प्रकारको पत्थरी हुनसक्छ । यसलाई क्याल्सियम स्टोन। स्टु«वाइट स्टोन, युरिक एसिड स्टोन र सिस्टाइन स्टोन भनिन्छ । आउनुहोस्, खानपिनका कस्ता चिजबाट पत्थरी हुने आशंका हुन्छ र यसबारे बच्ने तरिकाबारे जानकारी लिऔं । 

मासुबाट पाउने प्रोटिनः

जनावरको मासुबाट पाइने प्रोटिनले शरीरमा क्याल्सियम अक्सेलेट, क्याल्सियम फोसफेट र युरिक एसिड स्टोनको खतरा बढाउँछ । त्यसैले पत्थरीको समस्या भएकाहरुले आफ्नो खानामा मासुको मात्रा कम नै राख्नुपर्छ । मासु, अण्डा, माछा, दुध र पनिरको साटो सागसब्जी, दाल, बदाम वा सोय फुडमार्फत् प्रोटिनको पूर्ती गर्नु राम्रो विकल्प मानिन्छ । 

अत्यधिक सोडियमः

यदि तपाईंको खानामा सोडियमको मात्रा धेरै हुन्छ भने यो तपाईंको लागि खतराको सूचक हुनसक्छ । जंक फुड, प्याकिङ गरिएका खाना र धेरै नुनको सेवन गर्नबाट जोगिनुपर्छ । क्यान सूपलगायतमा पनि धैरै नै सोडियम हुन्छ त्यसैले यस्ता खानेकुराबाट टाढै बसेको राम्रो । 

अक्सलेटयुक्त खानेकुरा नखानुहोस्ः

पत्थरीको समस्या हुँदा डाक्टरले सबैभन्दा पहिले अक्सलेटयुक्त खानेकुराबाट टाढै रहन सल्लाह दिन्छन् । पालुङ्गो, क्रेनबेरी, सखरखण्ड र चकलेट आदिमा अक्सलेट पर्याप्त मात्रामा पाइन्छ । केहीले पत्थरी हुँदा गोलभेडा पनि नखान सुझाव दिन्छन् । यद्यपि, गोलभेडामा निकै कम मात्रामा अक्सलेट पाइन्छ । 

भिटामिन सीः

प्रतिरोधी क्षमता बढाउनका लागि मानिसहरु अब भिटामिन सी वा साइट्रिक फ्रुट (अमिलो–गुलियो) खानेकुरातर्फ बढी आकर्षित भइरहेका छन् । सायद धेरैले बिर्सिनुभएको होला भिटामिन सीको अत्यधिक सेवनले पनि पत्थरी हुने सम्भावना अधिक रहन्छ । त्यसैले पत्थरी हुँदा सुन्तलालगायतका फलफूल कमै खान सल्लाह दिइन्छ । विशेषगरी बजारमा पाइने प्याकेटमा पाइने सुन्तलाको जुस त कुनै पनि हालतमा सेवन गर्नै हुँदैन । 

यी तरकारी खानबाट जोगिनुहोस्ः

पत्थरीको समस्या भएकाहरुले केही विशेष तरकारीको सेवन गर्नबाट जोगिनुपर्छ । गेलभेडाको दाना, भ्यान्टाको दाना, चामल, चनालगायतको अत्यधिक सेवनले पत्थरीका समस्या बढाउने गर्छ ।

कोल्ड ड्रिङ्क्सबाट टाढै बस्नुहोस्ः

एकातिर पत्थरीको समस्या हुँदा धेरैभन्दा धेरै पानी पिउने सल्लाह दिइन्छ । तर तरल पदार्थ त हो नि भनेर कोल्ड ड्रिङ्क्स भने बिर्सेर पनि नखानुहोस् । कोल्ड ड्रिङ्क्समा पाइने फस्फोरिक एसिडले स्टोन खतरालाई थप बढाउने गर्छ । 

कसरी बच्ने ?

मृगौलामा पत्थरी छ भने, यो समस्याबाट बच्नका लागि त्यसको डिटक्सीफिकेशनको आवश्यकता छ । मृगौलालाई प्राकृतिक तरिकाले डिटक्सिफाइ गर्नका लागि धेरैभन्दा धेरै पानी पिउनुहोस् । साथै निकै सजिलै पच्ने खानाको सेवन गर्नुहोस् । यस्तै मृगौलाको समस्याबाट राहत पाउनका लागि अमला, अनार, स्याउजस्ता खानाले केही मद्दत पुर्याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप