बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

हड्डी बलियो, कोलेस्ट्रोल पनि नियन्त्रणमाः थाहा पाउनुहोस् चिसो मौसमममा तिल खानुका ५ ठूला फाइदा

सोमबार, २९ मङ्सिर २०७७, ०८ : ०४
सोमबार, २९ मङ्सिर २०७७

तिल सबैको भान्सामा निकै सजिलै पाइने खाद्यवस्तु हो । नेपालीले तिललाई विशेषतः विभिन्न प्रकारको अचार बचाउन प्रयोग गर्छन् । के तपाईंलाई चिसो मौसममा तिलले सेवनले ठूलो फाइदा पुर्याउँछ भन्ने थाहा छ ? तिलमा पाइने पोलिस्याचुरेटेड फ्याटी एसिड, ओमेगा–सिक्स, फाइबर, आइरन, क्याल्सियम, म्यागनेसियम र फस्फोरसजस्ता तत्व पाइन्छन् जसले शरीरलाई ठूलो फाइदा पुर्याउँछ । 

मुटुरोगबाट राहतः

तिलमा पाइने मोनो–स्याचुरेटेड फ्याटी एसिडले हाम्रो शरीरमा कोलेस्ट्रोलको स्तरलाई कम गर्छ । मुटुसँग जोडिएका रोगका लागि पनि यो निकै फाइदाजनक छ । यसले हाम्रो रक्तचाप पनि नियन्त्रणमा राख्छ । 

मुटुको मांसपेशीलाई दुरुस्त राख्छः

तिलमा विभिन्न प्रकारका तत्व पाइन्छन् जस्तै क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक र सेलेनियम हुन्छ जसले मुटुको मांसपेशीलाई सक्रिय रुपमा काम गर्न मद्दत गर्छ । 

हड्डी बलियो बनाउनका लागिः

तिलमा क्याल्सियम, फस्फोरस र म्याग्नेसियमजस्ता तत्व पाइन्छ जसले हड्डीको निर्माण हुन्छ । यस्तोमा यदि तपाईं चिसो मौसममा तिल खाने बानी बसाल्नुहुन्छ भने तपाईंले यो मौसममा हड्डी दुख्ने समस्याको सामना गर्नुपर्ने छैन । दिउँसो यदि एउटा ठूलो चम्चा तिल खानुहुन्छ भने यसले दाँत पनि बलियो बनाउँछ । तिलमा फाइबर र एन्टिअक्सिडेन्टको स्तर बढी नै हुन्छ त्यसैले यो खाँदा रोग प्रतिरोधी क्षमता पनि बढ्ने गर्छ । 

रोगबाट छुटकाराः

तिलमा सेसमिन नामको एन्टिअक्सिडेन्ट पाइन्छ जसले क्यान्सर कोसिकालाई बढ्नबाट रोक्छ । आफ्नो यो विशेषताका कारण यसले फोक्सोको क्यान्सर, पेटको क्यान्सर, रक्तअल्पत्ता, प्रोस्टेट क्यान्सर, स्तन क्यान्सरको आशंका कम हुन्छ । 

छाला र तनावः

तिल खाँदा दिमागी शक्ति बढ्छ । यसमा पाइने लिपोफोलिक एन्टि अक्सिडेन्टले दिमागमा उमेरको असर छिट्टै पर्न दिँदैन । वास्तवमा बुढेसकालमा स्मरण शक्ति कमजोर हुन थाल्छ । यस्तोमा यदि तपाईं दैनिक तिल वा तिललले बनेको खानेकुरा खानुहुन्छ भने तपाईंको मानसिक स्वास्थ्यमा यसको सकारात्मक असर हुनसक्छ । तिलको तेल छालाका लागि पनि निकै फाइदाजनक हुन्छ । यसको मद्दतले छालाले आवश्यक पोषण पाउँछ र यसमा मोइस्चर यथावत् रहन्छ । 


  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप