सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु

सोमबार, २९ मङ्सिर २०७७, २३ : १७
सोमबार, २९ मङ्सिर २०७७

एजेन्सी । अमेरिकामा कोभिड १९ भ्याक्सिन लगाउन सुरु भएको छ । सोमबारदेखि त्यहाँ कोभिड भ्याक्सिन लगाउन सुरु गरिएको हो । सोमबार सुरु गरिएको पहिलो खोप फ्रन्ट लाइनमा काम गरिरहेकी एक नर्स लगाएकी छिन् । न्युयोर्कको लङ आइल्यान्डकी एक नर्सलाई उक्त खोप  लगाइएको हो । ती नर्स आइसीयूमा कार्यरत रहेकी थिइन् ।

यो खोप सोमबार अमेरिकाका १५० अस्पतालमा दिइएको छ । अमेरिकाले खोप अभियान अन्तर्गत अर्को सालको अप्रिलसम्म करिब १० करोड मानिसहरुलाई खोप दिने लक्ष्य राखेको छ ।  यससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरिका मानिसहरूलाई  लागि बधाई दिएका छन्। राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् । अमेरिकामा कोरोना संक्रमणबाट मात्रै करिब ३ लाख जनाको ज्यान गैसकेको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप