सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भन्सार छलेको २४ सय किलो चिनी बरामद

मङ्गलबार, ३० मङ्सिर २०७७, १७ : ०४
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । प्रहरीले भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको २४ सय ६० केजी चिनी बरामद गरेको  छ । मोरङ प्रहरीले ३ वटा मोटरसाइकलमा ल्याएर नेपालतर्फ पल्टी गरिरहेको अवस्थामा चार जनालाई नियन्त्रणमा लिएको जिप्रका मोरङका डिएसपी मानबहादुर राईले रातोपाटीलाई बताए ।

तस्करी गर्ने समूहले भारतको कुवाडीबाट सो परिमाणको चिनी मोरङको धानपालथान गाउँपालिका–४ स्थित सुनिल राजवंशीको गोदाम अगाडी ल्याएका थिए । भन्सार छलेर चिनीको कारोबार गर्ने मोरङ घर भएका अभिषेककुमार शाह, दिपक कुमार मण्डल, अर्जुनकुमार मण्डल र रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।

चिनी बोक्न प्रयोग गरिएको ३ वटा मोटरसाइकलसहित उनीहरुलाई पक्रेर आवश्यक कारवाहीका लागी भन्सार कार्यालय रानीमा बुझाइएको डिएसपी राईले बताए । मोरङ प्रहरीले सुनवर्सी नगरपालिका–७ गुद्री चोकबाट भन्सार छलेर भारतबाट ल्याएको ट्याक्टर पनि बरामद गरेको छ । १६ लाख मूल्य पर्ने सो ट्याक्टर प्रहरी चौकी बरडंगाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । ‘अन टेष्ट’ सो ट्याक्टर प्रहरीले भन्सार कार्यालयमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप