सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

शहरी विकासमन्त्रीले २ महिनामा के गरे ? अब के गर्छन् ?

मङ्गलबार, ३० मङ्सिर २०७७, १८ : ३४
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । शहरी विकासमन्त्री कृष्ण गाेपाल श्रेष्ठले आफ्नो २ महिने कार्यप्रगति सार्वजनिक गरेका छन् । मंगलबार शहरी विकास मन्त्रालयमना आयोजित पत्रकार सम्मलेलनमार्फत् मन्त्री श्रेष्ठले आफूले कार्यभार सम्हालेको लिन असोज २९ गतेदेखि मंसिर २९ गतेसम्मको कार्यप्रगति सार्वजनिक गरेका हुन् । आफ्नो कार्यकाल २ महिना पुगको अन्तिम दिन सोमबार शहरी विकास मन्त्रालयले दिनभर लगाएर २ महिनाको कार्यप्रगतिको समीक्षा गरेको थियो । सो समीक्षापछि मन्त्रालयले आगामी २ महिनाभित्र गर्ने कामको सम्बन्धमा समेत लक्ष्य तय गरिएको छ । 

२ महिनामा के भयो काम ? 
मन्त्रालयले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडाममा निर्माण गरिरहेको ल्यान्डफिल्ड साइटको पहिलो चरणको काम अन्तिम चरणमा पुर्याइएको, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३ हजार २ सय ५५ फुसको छानो विस्थापित गरिएको र थप ५ हजार ६ सय ३४ जनाको छनौट गरिएको जनाइएको छ । 

त्यस्तै, नेपालगञ्जस्थित नेपाल भारत एकीकृत जाँच चौकी (आईसीपी) को कात्तिक २७ गते शिलान्यास भएको, प्रभानमन्त्री निवासमा हेलिकोप्टर अवतरण गर्नसक्ने हेलिप्याड निर्माण सम्पन्न भएको, बिजुलीबजारदेखि कपनसम्मको धोवीखोला क्षेत्रको अनुगमन गरी खाल्डा पुर्ने, मंगाल मर्मत गर्ने र फोहोर व्यवस्थापनको काम भएको तथा बिजुलीबजार पुलको अन्डरपास सञ्चालन अघि बढाइएको जनाइएको छ । यो काम सकिएपछि धोवीखोला करिडोरअन्तर्गतको सबै पुलको अन्ठरवासको काम सम्पन्न हुने समेत जनाइएको छ । 

यो अवधिमा मन्त्री श्रेष्ठले झापादेखि धनुषासम्मको भ्रमण गर्दै दमकको भ्युटावरको निरीक्षण गरेको तथा प्रदेश १ र प्रदेश २ का प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुसँग गरेको भेटघाटलाई समेत २ महिनाको उपलिब्ध मानिएको छ । 
त्यस्तै, वीर अस्पतालमा कोभिड–१९ को व्यवस्थापनका लागि ५ सय शैयाको अस्पताल विस्तार गर्न निर्देशन दिएको र यो निर्माण कार्य सुचारु रहेको उल्लेख गरिएको छ । 
त्यस्तै, मोरङको उर्लाबारीमो सन्थाल जातिको एकीकृत वस्ती निर्माणका लागि ५ सदस्यीय प्राविधिक टोली गठन गरी पठाइएको उल्लेख गरिएको छ । सो टोलीले पुस मसान्तभित्र प्रतिवेदन बुझाउने र सोही अनुसार एकीकृत वस्ती निर्माणको कार्ययोजना तयार हुने समेत उल्लेख गरिएको छ । 

मन्त्रालयले भवन संहिताको अनुकुलल हुनेगरी साविकको भवन संहिता १०५ लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको तथा विभिन्न ६ वटा स्थानीय तहमा परिमार्जित संहिता पालनाको सम्बन्धमा तालिम दिइएको समेत जनाइएको छ ।  

अर्को २ महिना के गर्ने ? 
मन्त्री श्रेष्ठले अबको २ महिनामा मन्त्रालयले गर्ने कामहरुको फेहरिस्त समेत सार्वजनिक गरेका छन् । 
मन्त्रालयले प्रस्तुत गरेको उक्त लक्ष्य अनुसार २ महिनाभित्र काठमाडौं लगायत देशभरका फोहोरमैलाको आधुनिक प्रविधि अवलम्बन गरेर व्यवस्थापन गर्न सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गरेर कार्य प्रारम्भ गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३७ हजार छ सय लाभग्राहीको छनौट गर्ने तथा यस कार्यक्रमसँग सम्बन्धित श्रव्यदृष्य सामाग्री तयार गरी प्रसारण गर्ने तथा कार्यक्रमको अनुगमनका लागि संघीय संसदका सांसदहरुलाई अनुरोध गर्ने लक्ष्य लिएको छ ।

त्यस्तै, ललितपुरको गोदावरीमा निर्मित ३ हजार जना क्षमताको सभाहल निर्माण माघ मसान्तभित्रै सम्पन्न गर्ने, सिंहदरवारको संसद भवन, भैसेपाटीको मन्त्री निवास तथा प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुको आवास तथा सम्पर्क कार्यालयलाई लक्ष्यअनुरुप अघि बढाउने भनिएको छ । 

त्यस्तै, बुढानीलकण्ठको कालिका पार्क, नौलिन भद्राकाली, जगन्नाथ, भुकम्प स्मृति पार्कको निर्माण २ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यस्तै, २ महिनाको अवधिमै लामाटारको गणेशमान पार्क, देवीस्थान पार्क, प्रेन्ड कोलोनी पार्क नागदह पार्क लगायत ६ वटा पार्कको निर्माण सम्पन्न हुने जनाइएको छ । 

मन्त्रालय अन्तर्गतका रुग्ण आयोजनाको ठेक्का सम्झौता तोड्ने विषयमा समेत अबको २ महिनाभित्र निर्णय लिइने जनाइएको छ । त्यस्तै, शहरी सडक मापदण्ड अनुसार शहरी साइकल लेन, पैदलयात्री मार्ग र हरियाली क्षेत्र निर्माणलाई प्राथमिकतामा राखी सडक डिजाइन गर्ने तथा  युटिलिटी करिडोरको कार्यान्वयनका लागि बहुप्रतिक्षित शहरी विकास ऐनसम्बन्धी विधेयकको तयारी गर्ने समेत मन्त्रालयले आगामी २ महिने कार्ययोजनामा समावेश गरेको छ ।

कार्यक्रममा मन्त्री श्रेष्ठले आफू प्रचारमुखी भन्दा कार्यमुखी व्यक्ति भएकोले आफू मन्त्रालयमा रहेको अन्तिम दिनसम्म प्रत्येक दिन उपलब्धि हुनेगरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । गोदावरीमा बन्दै गरेको सभाहल निर्माणको अन्तिम चरणमा रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले भने, ‘अब सबैभन्दा पहिलो महाधिवेशन सायद नेपाली काँग्रेसको हुन्छ, यो महाधिवेशन यही हलमा होस्, नेकपाले पनि त्यही हलमा महाधिवेशन गर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप