सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अध्यादेशपछि काँग्रेसले बोलायो आकस्मिक बैठक

मङ्गलबार, ३० मङ्सिर २०७७, २० : ०१
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पूर्व तथा वर्तमान पदाधिकारीको आकस्मिक बैठक बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको उपसभापति विमलेन्द्र निधिले रातोपाटीलाई जानकारी दिए ।

उनका अनुसार भोलि (बुधबार) दिउँसो १ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीकण्ठमा बैठक बोलाइएको छ । उपसभापति निधिले भने, ‘आज अचानक आएक‍ो संवैधानिक परिषद सम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो। संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो।  यो अध्यादेश स्वीकार्य हुँदैन । यस विषयमा भोलिको बैठकमा छलफल हुन्छ ।’

अध्यादेशका सन्दर्भमा काँग्रेसको पूर्ववत निर्णय कायमै रहेका पदाधिकारी बैठकले पछिल्लो अध्यादेशबारे संस्थागत निर्णय लिने उनको भनाइ छ । ‘सरकारले यसअघि पनि दल विभाजनलाई सहज बनाउने र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला हाम्रो केन्द्रीय कार्यसमितिले विरोध गरेको छ । यो पूर्ववत निर्णय कायमै छ । यसमा स्थागत निर्णय गरिन्छ’ उपसभापति निधिले भने ।
 
संवैधानिक परिषदमा सामान्य बहुमतले निर्णय गर्न खोज्नु संविधानको मर्म विपरीत भएको उनको भनाइ छ । ‘सभामुखले पुस १८ अगाडि संसद बोलाउनुपर्छ भनिरहेका बेला सामान्य बहुमतबाट निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याउनु भनेको एकलौटी गर्न खोजेको हो । यो काँग्रेसलाई मान्य हुँदैन’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप