बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

औषधीको कच्चा पदार्थ पैठारी गर्न विभागमा दर्ता हुनुपर्ने

बुधबार, ०१ पुस २०७७, १२ : २०
बुधबार, ०१ पुस २०७७

सरकारले औषधी दर्ता नियमावली संशोधन गरेसँगै औषधी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थहरुको पैठारी गर्नेहरु औषधी व्यवस्था विभागमा दर्ता हुनुपर्ने भएको छ । 
 सरकारले २०३८ सालको नियमावलीलाई सोमबार संशोधन गरेको थियो । संशोधित नियमावलीमा औषधी पैठारी गराउनेले कम्पनीको नाम सूचीकरण गर्नुपर्ने, कच्चा पदार्थ पैठारी गर्न सिफारिस लिनु पर्ने नियमहरु उल्लेख गरिएको छ । 

औषधी व्यवस्था विभागका महानिर्देशक  भरत भट्टराईले औषधी उत्पादनमा प्रयोग हुने मुख्य कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल्स, औषधी विश्लेषण गर्न प्रयोग हुने पदार्थको पैठारी गर्न चाहने व्यक्तिहरुलाई दर्ताका विभागमा दरखास्त दिन आग्रह गरेका छन् । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप