सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘ह्वावे कसैको स्वामित्वमा छैन, मात्र कर्मचारीहरुको हो’: जियाङ सिसेङ

बुधबार, ०१ पुस २०७७, १५ : ०९
बुधबार, ०१ पुस २०७७

स्विडेनको टेलिकम नियामक पीटीएसले हालसालै देशका अपरेटरहरूलाई उनीहरूको फाइभजी नेटवर्कमा ह्वावे उपकरण प्रयोग गर्नबाट वञ्चित गरेको छ । यस कार्यको औचित्य देखाउन चीनका कुनै पनि विक्रेताले स्वीडेनको राष्ट्रिय सुरक्षामा स्वतः खतरा उत्पन्न गराउने भनिएको छ । 

यस्तो गलत धारणाले स्विडेनी परिवार र व्यवसायलाई ह्वावेको इनोभेसनका फाइदाहरू लिनबाट रोक्न सक्छ । दुर्भाग्यवस, उनीहरु ती प्रेसद्वारा प्रबलित छन् । उदाहरणका लागि नोभेम्बर १० मा डागेन्स इन्डस्ट्रीमा प्रकाशित एक सम्पादकीय स्तम्भ सुझाव गर्दछ कि, ‘चीनले विदेशी स्वामित्वका लागि पनि ह्वावे खुल्ला हुनपर्छ’ । यो सिफारिस निसन्देह पूर्ण रूपमा अभिप्रेत भई हाम्रो कम्पनी कसरी संरचित र व्यवस्थित गरिएको छ भन्ने गहन गलतफहमी प्रदर्शन गर्दछ । 

ह्वावेको स्थापना १९८७ मा भएको थियो र म १९८९ मा ह्वावेसंग संलग्न भएँ । त्यतिबेला बैंकहरू साना स्टार्ट अप कम्पनीहरूलाई ऋण दिन हिचकिचाउँथे । ह्वावेले कर्मचारीहरूलाई सेयर बेचेर पूंजी जुटाउनु परेको थियो र यो व्यवस्था आज सम्म जारी छ । कर्मचारीहरू आफ्नै पैसाले सेयर खरीद गर्छन् र उनीहरूको स्वामित्वमा रहेको सेयरको संख्याको आधारमा वार्षिक लाभांश प्राप्त गर्दछन् ।

तिनीहरू एक–मत–प्रति–सेयरको आधारमा प्रतिनिधि आयोग गठन गर्न सदस्यहरू पनि छनौट गर्दछन् । आयोगले कम्पनीको बोर्ड निर्देशक छान्दछ । यस्तो नाफा र जोखिमको साझा प्रणालीले ह्वावेलाई दीर्घकालीन विकासको लागि आवश्यक रकम प्रदान गर्दछ र यसको शासन र व्यवस्थापनको लागि आधारशिला निर्माण गर्दछ । 

निजी रूपमा आयोजित भएको ह्वावेलाई सार्वजनिक रूपमा सूचीबद्ध कम्पनीहरूले सामना गरेको छोटो अवधिको दबावबाट मुक्त गर्दछ जसका सेयरहोल्डरहरू त्रैमासिक आय लक्ष्य प्राप्त गर्ने आशा राख्दछन् । यस्तो बाह्य दबाबबाट स्वतन्त्र ह्वावेले अनुसन्धान र विकासमा आफ्नो दीर्घकालीन ध्यान केन्द्रित गर्न सक्दछ जबकि सेयर भएका कर्मचारीहरूले बढी लाभान्वित हुन सक्दछन् ।  

हाल ह्वावे संस्थापक र सीईओ रेन जेङफीको ह्वावेमा लगभग १% हिस्सेदारी रहेको छ । बाँकी ह्वावे युनियनद्वारा नियन्त्रित छ जस मार्फत कर्मचारीहरूले कम्पनीको स्वामित्व राख्दछन् । चीनमा कम्पनीहरूले आफ्नो सेयर होल्डिंग प्लेटफर्मको रूपमा ट्रेड युनियन स्थापना गर्नु सामान्य र वैध हो । 

मिडियाले यस प्रबन्धलाई अस्पष्ट माने पनि वास्तवमा यो संसारको अन्य ठाउँमा कर्मचारीको स्वामित्वमा रहेका कम्पनीहरूले पाएको भन्दा फरक छैन जस्तै जोन लुइस पार्टनरशिप (यूकेमा डिपार्टमेन्ट स्टोर ग्रुप) र एसिलोर (एक फ्रान्सेली अन्तर्राष्ट्रिय नेत्र अप्टिक्स कम्पनी) रहेका छन् ।  

वास्तवमा हाम्रो स्वामित्व संरचना आज धेरै स्विडेनी कम्पनीहरूले अँगालेका छन् । गत वर्षको यूरोपीयन कम्पनीको सर्वेक्षणले देखाएको छ कि स्विडेनको निजी क्षेत्रको ११५ कर्मचारी सेयर स्वामित्व योजना–जुन युरोपियन औसत भन्दा दोब्बर रहेको छ । हुनसक्छ यो मोडेलले स्वीडेनको समानता सम्बन्धी सम्वेदनशीलताका लागि अपील गर्दछः जहाँ कर्मचारीहरूलाई उनीहरूले गरेको कामको आधारमा भिन्न भुक्तान गरिन्छ तर त्यहाँ पारदर्शी लाभ साझेदारी प्रणाली रहेको छ । 

व्यक्ति सशक्त महसुस गर्दछन्, उनीहरूको कामको गुणस्तरको ख्याल राख्छन् र निरन्तर व्यापार सुधार गर्ने तरिकाहरूको बारेमा सोच्दछन् । केही युरोपेली विज्ञहरूले निष्कर्ष निकालेका छन् कि ह्वावेले ‘कर्मचारी जुँजीवाद’ कार्यान्वयन गरिरहेको छ । 

डिट्राक्टरको आरोप छ कि हामी सरकारी समर्थनबाट एक ग्लोबल लिडर बनेका छौं । वास्तवमा कम्पनीले विपरित कारणबाट सफल भएको छः हामी स्वतन्त्र रूपमा संचालन गर्छौं र राजनीतिमा होइन तर व्यापारको तर्कको अनुसरण गर्दछौं ।  

यसको स्थापना भएको सन् १९८७ देखि सुरुवाती २००० सम्म ह्वावेले चिनियाँ सरकारी स्वामित्वको उद्यमहरूसँग प्रतिस्पर्धा गरको थियोे जसमध्ये धेरै महत्वहीन भए कि त पूर्ण रूपमा हराए । यस परिणामले पूँजीपतिहरूलाई अचम्मित पार्दैन, जसले बुझ्छन् कि प्रायः जसो राज्यको स्वामित्व प्राप्त वा नियन्त्रीत कम्पनीहरूले कर्मचारीतन्त्र र कम दक्षताका कारण प्रतिस्पर्धा गुमाउँछन् । 

यो हाई–टेक उद्योगमा विशेष गरी सत्य हो । किन चीनको टेक उद्योग यति छिटो र यति राम्रो विकास भएको छ ? सायद किनभने १९८० को दशकदेखि चीनले आफ्नो बजार खोलेको छ र एरिक्सन, नोकिया, मोटोरोला, सिएमेन्स र अन्य विदेशी कम्पनीहरू को लागि समान अवसर प्रदान गरेको छ ।  

पीटीएस स्टेटमेन्टले मलाई १९६० र १९७० को दशकमा चीनको राजनीतिक उथलपुथलको सम्झना गरायो । किनभने मेरो परिवार जग्गा मालिकका रूपमा वर्गीकृत गरिएको थियो, त्यसैले मैले विश्वविद्यालयमा जाने मौका झण्डै गुमाएको थिए । मलाई आशा छ कि पीटीएसले एक उद्देश्यपूर्ण, निष्पक्ष र तथ्यमा आधारित मूल्याकंन गर्न र निर्णय लिन सक्छ जुन सम्पूर्ण स्विडेनलाई फाइदा हुनेछ । 

ह्वावले स्वीडेनका राजनीतिज्ञ, अन्वेषक, पत्रकारहरु र अन्यका लागि कम्पनी र यसको कर्मचारी स्टक स्वामित्व योजना (ईएसओपी) कोठा भ्रमण गर्न, र कम्पनीले विगत तीन दशकहरूमा निर्माण गरेको प्रणालीको बारेमा विचारहरू आदानप्रदानका लागि ढोका सँधै खुल्ला राखेको छ । 

यस बीचमा तथ्यहरू अपरिवर्तित रहेका छन्ः कुनै पनि सरकारी इकाईले ह्वावेको ब्यापार वा लगानीका निर्णयहरूलाई डिक्टेट गर्दैन र ह्वावे अरु कसैको स्वामित्वमा नभई यसको कर्मचारीहरूको हो । 

जियाङ सिसेङ ह्वावे बोर्डका मुख्य सचिव हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप