सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्डको सचिवालयले भन्यो- प्रस्ताव फिर्ताको हल्ला निराधार

बुधबार, ०१ पुस २०७७, १९ : ४५
बुधबार, ०१ पुस २०७७

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार भएको बताएको छ ।  प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले यसअघि बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने भन्दै प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराएका हुन् । 

यसअघि ओली र प्रचण्डबीच चार बुँदे सहमति भएको र त्यसमा राजनीतिक प्रस्ताव फिर्ता पनि भएको भनेर ओली निकटका नेताहरुले सञ्चारमाध्यमलाई बताएका थिए । तर प्रचण्डको सचिवालयले त्यसबारे स्पस्ट पार्दै प्रस्ताव फिर्ता गर्ने भन्ने समाचारको भ्रममा नपर्न अपिल गरेको छ । 

‘सरकारले जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने साथै राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै पेश गरिएको आवेदन पनि फिर्ता गर्ने सर्वसम्मत निर्णय भएको छ’ सापकोटाले बुधबारको निर्णय जानकारी गराउँदै भनेका छन्, ‘संवैधानिक नियुक्तिहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको छ ।’

त्यस्तै सापकोटाले पार्टी स्थायी समितिको बैठक यही पुष ५ गते र पार्टी केन्द्रीय समितिको बैठक पुष १० गते बस्ने निर्णय भएको भन्दै ‘बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने । राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु’ भनेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप