सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मोसम पूर्वानुमानः  कुन दिनको मौसम कस्तो ?

बिहीबार, ०२ पुस २०७७, ०६ : ४९
बिहीबार, ०२ पुस २०७७

मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुसार बिहीबार देशमा कुनै पनि उल्लेखनिय मौसमी प्रणाली छैन । 

यसैगरी, आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । 

महाशाखाले जारी गरेको आगामी तीन दिन बिहीबार, शुक्रबार र शनिबारको मौसमको पूर्वानुमान यस्तो छ ः  

पौष २ (बिहीबार)

दिउँसोः प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः  देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ३ गते (शुक्रबार)

दिउँसोः  देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
रातीः प्रदेश नं १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

पौष ४ गते (शनिबार)

दिउँसोः प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातीः देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप