सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

बिहीबार, ०२ पुस २०७७, १२ : ५४
बिहीबार, ०२ पुस २०७७

काठमाडौं – देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ ठुटीपिपलमा लु २ ख १४१५ नम्बरको माईक्रोबसले लु ४१ प ९२५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक देवदह नगरपालिका–११ जयपुर बस्ने २३ वर्षीय राजु थारुको घटनास्थलमै मृत्यु भएको छ । 

दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी, सुनसरीको कोशी गाउँपालिका–१ लौकही बजारस्थित सडकमा बा.५ ख ७६७ नम्बरको हाइसले को.२५ प ४४२३ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा
मोटरसाइकल चालक बराहक्षेत्र नगरपालिका–११ बस्ने ४३ वर्षीय हजरत मिया मंसुरीको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होम बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार उनकै छोरा १६ वर्षीय सबिर मंसुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–६ गरही चोकमा सोही ठाउँ बस्ने ३१ वर्षीय कमल चन्दले चलाएको भे.९ प ४२१८ नम्बरको मोटरसाइकलले बुधबार साँझ ३ वटा साईकललाई ठक्कर
दिँदा साईकलयात्री बर्दिया बाँसगढी नगरपालिका–३ लखना बस्ने १८ वर्षीय अदिप थारूको मृत्यु भएको छ । 

ठक्करबाट गम्भीर घाईते भएका थारुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत ४ जनालाई उपचारको लागि सोही अस्पतालमा पठाइएकोमा मोटरसाइकल चालकलाई उपचार पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ भने अन्य १ जनाको अवस्था मध्यम र २ जनाको अवस्था सामान्य छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप