देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
काठमाडौँ – देशका विभिन्न स्थानमा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका शवहरुको आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीका अनुसार झापाको मेची नगरपालिका–१३ शान्ति टोलस्थित पतिमिल भित्र सोही नगरपालिकास्थित चारआली बस्ने ईलाम मंगलबारे घर भएका ४० वर्षीय कुमार शेर्पा बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, रोल्पाको सुनिलस्मृती गाउँपालिका(३ खारा बस्ने ३८ वर्षीय निमबहादुर घर्ती सोही गाउँपालिका–४ सिर्मे भीरको बाटोबाट करिब ३ सय मिटर तल खसेर बुधबार बेलुका मृत्यु भएको अवस्थामा फेला परेका छन् । मङसिर २८ गते भारतबाट घर फर्कने भनी परिवारलाई जानकारी गराएकोमा घर नआईपुगेपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
त्यस्तै, दार्चुलाको लेकम गाउँपालिका–५ रिठा बस्ने जगदिस बोहरा सोही ठाउँ स्थित जयपुरको भिरबाट लडी बुधबार बेलुका मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।