बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी ९ कारणले हुनसक्छ तपाईंको महिनावारी अनियमितता

बिहीबार, ०२ पुस २०७७, १४ : २४
बिहीबार, ०२ पुस २०७७

धेरैजसो महिलाले आफ्नो महिनावारी समयमा नहुने समस्या भएको बताउने गर्छन् । महिनावारी नहुनु सबैभन्दा साधारण कारण भनेको गर्भवती हुँदा हो । तर यदि तपाईं गर्भवती पनि हुनुहुन्नँ र महिनावारी पनि समयमा भइरहेको छैन भने यसका थुप्रै कारण हुनसक्छन् । आउनुहोस्, यसका ९ कारणबारे जानकारी लिऔं । 

तनावः

तनावको असर शरीरमा विभिन्न तरिकाले पर्ने गर्छ जसमा महिनावारी पनि समावेश हुन्छ । तनावले ....... नामको हर्मोनको मात्रा कम हुन्छ जसका कारण ओभ्युलेशन वा महिनावारी हुँदैन । आफूलाई रिल्याक्स राख्नुहोस् र नियमित साइकललाई फिर्ता ल्याउनका लागि आफ्नो डाक्टरसँग सम्पर्क गर्नुहोस् । 

ज्वरोः

अचानक आएको ज्वरो, रुघा–खोकी र कुनै लामो रोगका कारण पनि महिनावारी ढिलो हुनसक्छ । यो अस्थायी हुन्छ र जब तपाईंले रोगबाट छुटकारा पाउनुहुन्छ तब तपाईंको महिनावारी पुनः नियमित हुन्छ । 

दिनचर्यामा परिवर्तनः

दैनिक तालिका फेरिनु, रातीको सिफ्टमा काम गर्नु, शहर बाहिर आवतजावत वा घरमा नै कुनै विवाह वा कार्यक्रमका बेला हाम्रो रुटिनमा विभिन्न प्रकारको परिवर्तन आउने गर्छ । शरीरलाई जब यो नयाँ तालिकाको बानी पर्छ वा जब हामी सामान्य दिनचर्यामा आउँछौं तब महिनावरी पनि नियमित हुने गर्छ । 

स्तनपानः

धेरैजसो महिला आफ्नो सन्तानलाई स्तनपान गराउन बन्द नगरेसम्म नियमित रुपमा महिनावारी हुँदैनन् । 

गर्भनिरोधक औषधीः

गर्भनिरोधक औषधी वा केही अन्य औषधीले पनि महिनावारीको साइकल बिगारिदिन्छन् । यस्ता औषधी लिँदा कि त महिनावारी कम हुन्छ वा छिटो हुन्छ वा फिटिक्कै हुँदैन । यस्तो स्थितीमा डाक्टरलाई सम्पर्क गर्नुहोस् । 

मोटोपनाः

मोटोपनाका कारण पनि महिनावारी अनियमित हुन सक्छ र जसका कारण महिनावारी ढिला हुनसक्छ । यद्यपि, यो समस्या कम तौल भएकाहरुमा पनि हुन्छ तर मोटोपना यसको मुख्य कारण हुनसक्छ । 

प्रि मेनोपोजः

मेनोपोजभन्दा अघि महिलाको शरीरमा आन्तरिक रुपमा पनि भिन्न प्रकारको परिवर्तन आउँछ । यसका कारण पनि महिनावारी ढिलो हुन्छ वा समय अघि नै हुनसक्छ । 

दुब्लोपनः

यदि तपाईंको शरीरमा पर्याप्त बोसो छैन भने तपाईंको महिनावारी पनि अनियमित हुनसक्छ । नियमित महिनावारीका लागि हेल्दी तौल आवश्यक हुन्छ । 

थायरोयड:

गर्धनमा भएको थायरोयड ग्रन्थी, मेटाबोलिजमलाई नियन्त्रित गर्छ । यो शरीरको थुप्रै क्रियामा पनि भूमिका निभाउँछ । यदि तपाईंलाई थायरोइड सम्बन्धि कुनै समस्या छ भने तपाईंको महिनावारीमा पनि असर पर्छ । यदि तपाईंलाई थाइरोयडको समस्या छ भने महिनावारीलाई समयमा नै हुनका लागि डाक्टरसँग सम्पर्क गर्नुहोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप