बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि उच्चस्तरीय संवाद हुने

बिहीबार, ०२ पुस २०७७, १७ : ३९
बिहीबार, ०२ पुस २०७७

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई थप सुनिश्चित गर्न उच्चस्तरीय नीति संवाद आयोजना हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,  परिवार कल्याण महाशाखाले शुक्रबार संवाद आयोजना गर्न लागेको हो ।  

 सीमान्तकृत र जोखिममा रहेका समूहलाई लक्षित गर्दै महिला तथा किशोरीका यौन तथा प्रजनन स्वास्थ्य र अधिकार थप सुनिश्चित गर्नमा संवाद केन्द्रीत हुनेछ । बुधबार सम्पन्न प्रदेशस्तरीय संवादबाट प्राप्त जानकारी सहित सो संवादले महिला तथा किशोरीको प्रजनन अधिकार प्रयोग गर्ने क्षमतालाई असर गर्ने बाधाहरुमा छलफल गर्ने महाशाखाद्वारा आज  आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बेलायतसरकार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)रआड्रा नेपालले  संवादका लागि आर्थिक एवम् प्राविधिक सहयोग गरेका छन् । 

यी संवाद जनसङ्ख्या तथा विकास सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन (आइसिपिडी) को लक्ष्यअनुसार यौन तथा प्रजनन स्वास्थ्य अधिकारलाई बृहत्तर दृष्टिकोण प्रस्ताव गर्ने २०१८गट्म्याकर लानसेट आयोगको रिपोर्टमा आधारित हुनेछ । सर्वसुलभ यौन तथा प्रजनन स्वास्थ्य सेवाका लागि जनशक्तिको अभाव र आपूर्ति व्यवस्थापन माथि पनि उच्चस्तरीय नीति संवादमा छलफल हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।  

महिला तथा किशोरीलाई सेवा उपयोग गर्नबाट बञ्चित गर्ने भेदभावपूर्ण लैङ्गिक मान्यता, प्रणालीगत र सामाजिक सांस्कृतिक चुनौतीलाई सम्बोधन गर्ने महत्वपूर्ण कार्य  संवादमा पहिचान गरिने छ । संवादले राष्ट्रिय तथा अन्तराष्ट्रिय विकास आकाङक्षा तर्फ नेपालको प्रगतिलाई गति दिने विश्वास पनि लिइएको छ ।  सरकार सबैको यौन तथा प्रजनन स्वास्थ्य रअधिकार र छनौटको अनुभति गराउन प्रतिवद्धछ । गत वर्ष नैरोबि सम्मेलनमा आइसिपिडी कार्ययोजना कार्यान्वयन गर्न जनाएको प्रतिबद्धता अनुसारको ‘सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकार ऐन २०१८ ’ र दिगो विकास लक्ष्य हासिल गर्ने प्रतिवद्धताबाट प्रमाणित भएको महाशाखाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ  । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप