सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतमा जनवरीबाट  कोरोना खोप लगाउन सुरु गरिने

शुक्रबार, ०३ पुस २०७७, २२ : ३९
शुक्रबार, ०३ पुस २०७७

एजेन्सी । भारतमा जनवरीबाट  कोरोना खोप लगाउन सुरु गरिने भएको छ । त्यहाँको स्वास्थ्य विभागले दिएको जानकारीअनुसार जनवरी सुरुदेखि कोरोना खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य विभागका एक अधिकारीले नाम प्रकाशित नगर्ने सर्तमा बीबीसीलाई भनेका छन् कि आगामी केही हप्ताभित्रै भ्याक्सिन बनाउने कम्पनीहरुले औषधी नियामक निकायबाट तत्काल भ्याक्सिन प्रयोगको स्वीकृति लिन सक्ने तयारी गरिरहेका छन् ।

दुई कम्पनीले भने भयक्सिनको आपतकालीन प्रयोगका लागि आवेदन दिइसकेका छन् भने अन्य ६ कम्पनीहरुले खोप क्लिनिकल परीक्षण भइरहेको जनाएका छन् । खोप अभियान अन्तर्गत आगामी अगष्ट सम्म ३० करोड जनतालाई भ्याक्सिन दिइने तयारी गरिएको जनाइएको छ ।

भारतमा कोरोना संक्रमितहरुको संख्या एक करोड पुग्न लागेका छन् । संक्रमणका कारण हालसम्म एक लाख ४ हजार ४ सय ४४ जनाको मृत्यु भैसकेको छ । यद्यपि, भारतमा नयाँ संक्रमितहरुको संख्या घट्दै गएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप