बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पताल समितिको अध्यक्षमा डा. सिंह

आइतबार, ०५ पुस २०७७, १५ : ३७
आइतबार, ०५ पुस २०७७

भक्तपुर क्यान्सर अस्पताल विकास समितको अध्यक्षको जिम्मेवारी स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीप्रेन्द्ररमण सिंहले पाएका छन् ।
 स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई सो जिम्मेवारी दिएका हो । यस्तै समितिको सदस्यमा नीति योजना महाशाखाका निर्देशक डा. गुणराज लोहनी र चिकित्सकका तर्फबाट डा. गणेश दंगाललाई नियुक्त गरिएको छ ।  

भक्तपुर अस्पतालका निर्देशक डा. विष्णुदत्त पौडेललाई समितिको सदस्यसचिवमा चयन गरिएको छ । यस्तै समितिमा भक्तपुर जिल्ला अस्पतालका प्रमुख सदस्य रहने छन् भने भक्तपुर नगरपालिका मेयर पदेन सदस्य रहने व्यवस्था रहने छन् ।

 यस्तै समितिमा क्यान्सर सोसाइटीबाट ३ जना र २ जना समाजसेवीका तर्फबाट सदस्य सिफारिस हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कात्तिक २४ गते मन्त्रिपरिषदको बैठकले भक्तपुर क्यान्सर अस्पताल संघीय सरकारले सञ्चालन गर्ने निर्णय गरेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप