सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओली प्रधानमन्त्री नभई समूहका नाइके हुन्: मातृका यादव

आइतबार, ०५ पुस २०७७, १७ : ०३
आइतबार, ०५ पुस २०७७

महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले प्रधानमन्त्री केपी शर्मा ओलीमा राजनीतिक संस्कार नभएको आरोप लगाएका छन् । आईतबार बर्दिवासमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन महोत्तरीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री यादवले केपी शर्माओलीको चरित्र र व्यवहार राजनीतिक दलको नभई गुण्डाहरुको ग्याङको रहेको आरोप लगाए ।

उनले नेकपा पार्टीलाई नै धरापमा पुर्याउने व्यक्ति कदापि नेता हुन नसक्ने भन्दै नेता यादवले प्रधानमन्त्री ओली गुण्डाहरुको नाइके भएको आरोप लगाए । प्रधानमन्त्री ओली राजनीतिक भन्दा पनि षड्यन्त्र गर्न निपुण रहेको नेता यादवको आरोप थियो ।

उनले भने– ‘प्रधानमन्त्री ओलीले संसद विघटन गर्नुभएको समाचारले मलाई आशचर्यचकित तुल्याएको छैन ।’ उनले अघि थप्दै भने– ‘म ओली प्रवृत्तिको भुक्तभोगी हुँ र त्यसैले मैले कमरेड प्रचण्डलाई यसतर्फ पटक–पटक सचेत समेत गराएको हुँ । उनी हिरो होईनन्, भिलेन हुन् ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप