सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद् विघटनले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ?

संसद विघटनले अर्थतन्त्रको अवसर गुम्यो, चुनावले भ्रष्टाचार बढाउँछ : अर्थविद्
आइतबार, ०५ पुस २०७७, १७ : ०७
आइतबार, ०५ पुस २०७७

प्रधानमन्त्री केपी ओलीको कदमपछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमले अर्थतन्त्रका सबै अवसर गुमेको टिप्पणी अर्थविद्हरुले गर्न थालेका छन् । लामो समयको अस्थिरतापछि पाँच वर्षे म्यान्डेड पाएको सरकार प्रमुखले नै संसद विघटन गरेपछि सबै क्षेत्रमा तरंग ल्याएको छ । लामो समयको राजनीतिक अस्थिरताबाट ग्रसित व्यवसायीहरु पनि पछिल्लो राजनीतिक घटनाप्रति चिन्तित छन् । अर्थविद्हरु लगानीकर्ताले प्रतिबद्धता गरेको लगानीबाट हात झिक्ने सक्ने अवस्था आउँने बताउँछन् । पछिल्लो राजनीतिक घटनाले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? यसबारे अर्थविद्हरुको प्रतिक्रिया

डा शंकर शर्मा, अर्थविद्


पछिल्लो राजनीतकि घटनाक्रमले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ  । जेजस्तो भएपनि स्थायी सरकारको एकखालको नीति थियो । धेरैजसो लगानीकर्ताले सो नीति अध्ययन गरेर लगानीका सम्बन्धमा एक खालको धारणा बनाइसकेको अवस्था थियो । सोही अनुसार लगानी हुन थालेको पनि थियो । अब यस राजनीतिक घटनाक्रमले फेरि अस्थिर राजनीतिको संकेत दिएको छ । लगानी गर्ने अवसर गुमेको छ । लगानीको वातावरण फेरि अनिश्चततातर्फ धकेलिएको छ । कमसेकम तीन वर्ष बन्द हड्तनल भएको थिएन । यो स्थायी सरकारको प्लस प्वाइन्ट हो ।  तर, अब यो समस्या फेरि हुने भयो । अब कुन पार्टीको सरकार आउँछ र उसले लिने नीति कस्तो हुन्छ भनेर लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा हुन्छन् । अब तत्काल लगानी गर्न अघि सर्दैनन् । 


यसैगरी सरकारी कामकाज पनि प्रभावित हुन्छन् ।  चुनाव घोषणा भएपछि धेरै कुरा गर्न पाइँदैन ।  काम गर्ने जाँगर पनि हुँदैन । चुनावतिर केन्द्रित  हुन्छन् नेतृत्वहरु ।  कर्मचारीहरुमा पनि  यो अनिश्चितताको समयमा  किन निर्णय गर्ने भन्ने हुन्छ ।  नेतृत्वले नेतृत्व दिन नसकेपछि तत्कालै काम गर्न सक्ने सम्भावना कम हुन्छ । अहिलेको कोभिड तथा भ्याक्सिनको विषय पनि अनिश्चितता तर्फ धकेलिन्छ । चुनाव आउने भनेपछि भ्रष्टाचार बढ्छ । व्यावसायकि क्षेत्रले कानुनी तथा गैरकानुनी चन्दा दिनुपर्ने हुन्छ ।  आयात बढ्छ  र उपभोग बढ्छ । बजेटको राहतको विषय पाखा लाग्ने भयो । चुनावको खर्च अनुत्पादक हुन्छ । यो खर्चले उपभोग मात्र बढाउँछ । होटल रेष्टुरेन्टको बिजनेस चाहिँ बढ्छ तर उत्पादकत्वमा वृद्धि गर्दैन । 

दीपेन्द्र बहादुर क्षेत्री, अर्थविद्


यसको पनि सर्वोच्च अदालतबाट निरुपण हुन बाँकी छ । सर्वोच्चले पनि प्रधानमन्त्री केपी ओलीकै साथ दियो भने सबै कुरा अनिश्चिततातर्फ धकेलिएको छ । लगानी गर्नेहरुले थप लगानी गर्न सक्ने अवस्था हुँदैन । प्रतिवद्धता गरेकाहरुले पनि व्याक गर्न सक्छन् ।  चुनाव गर्ने भनेपछि गतिविधि बढ्छ । तर यो दीर्घकालिन रुपमा अर्थतन्त्रको लागि उपयुक्त होइन यसले अर्थतन्त्रलाई सकारात्मक दिशा दिँदैन । यसले आर्थिक गतिविधि अनौपचारिक रुपले बढ्नेछ  । 

अनिश्चितताको दिशामा केही समय अगाडि बढ्छ । दुइ तिहाइको सरकार हुनेहरु के हुने हो भनेर बसेकाहरुले झन् मध्यावधि कुरा गर्न थालेपछि भड्कन्छन् । अर्थतन्त्रका हिसाबले राजनीतिक अस्थिरता घातक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप