बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुई किलो सात सय ग्राम लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

आइतबार, ०८ असोज २०७४, १६ : ३२
आइतबार, ०८ असोज २०७४

काठमाडौं–लागुऔषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभियन नागरिक अधेमर अनेज लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो । 

 २७ वर्षीय बोलिभियन नागरिक लोपेज बोलिभियाबाट ब्राजिल दुबई  हुँदै  नेपाल प्रवेश गरेका  थिए । शनिवार साँझ ठमेलमा भारतिय महिला कमार जहानलाई कोकिन हस्तान्तरण गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । ५९ वर्षिय भारतीय महिला यस अघि पाकिस्तान पनि पुगेको उनको पासर्पोटमा देखिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख डिआईजी ठुले राईले बताए । व्युरोले भारतिय महिला भरियाको रुपमा कार्य गरिररहेको ठहर गरेको छ । 

व्युरोले बोलिभियन नागरिक भने पहिलोपटक नेपाल प्रवेश गरेको जानकारी गराएको छ । लागु औषधको कारोवारीले कोकिनलाई व्यागको रंग रुपान्तरण गरि  गर्नको लागि  कालो रंगमा परिणत गरेको व्युरोले जनाएको छ । व्युरोले लागुऔषधका कारोवारीको अनुसन्धान भईरहेकोले थप विषय खुल्दै जाने बताएको छ । 

बोलेभियन नागरिकको लोपेज तिन दिन अघि नेपाल प्रवेश गरेको व्युरोले जनाएको छ । उनको निगरानी बढाएपश्चात लागुऔषध सहित कारोवारीलाई नियन्त्रणमा लिएको व्युरोले जानकारी गराएको छ ।  बरामद गरिएको लागुऔषधको मुल्य एकिन नभएको लागूऔषध नियन्त्रण ब्यूरोका बरिष्ठ प्रहरी उपरीक्षक धीरु बस्नेतले जानकारी गराए । 
व्युरोले बर्दिया मधुवन ९ का लक्ष्मण विकलाई खैरो हिरोईन तिन ग्राम र ललितपुर गोदावरीबाट र सोहि स्थान घर भएका हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित ठुलो भ–याङबाट पक्राउ गरिएको जानकारी गराएको छ । 

व्युरोले सिन्धुपाल्चोक भोटेकोशीका देवेन्द्र कार्की त्रियुगा उदयपुरका पेम्वा शेर्पा र काभ्रे तेमालका बिक्रम तामाङलाई डाइजेपाम –५१५,ब्रुफेनफिन ५१५ ,फेनारागन ५००  साथै १५३० एम्पुल र नाइट्राभेट २८ पिस सहित बल्खुबाट पक्राउ गरिएको जानकारी गराएको छ । देवेन्द्र कार्की पटके अभियुक्त भएको व्युरोले जानकारी गराएको छ । कार्कीले पाँच वर्ष कैद भुक्तान गरि गत मंसिरमा छुटेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप