बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मानिसलाई चाँडै नै बुढो बनाउन सक्ने यो खानेकुरा, विज्ञले दिए चेतावनी

सोमबार, ०६ पुस २०७७, ०९ : ३५
सोमबार, ०६ पुस २०७७

बढ्दो उमेर र बुढ्यौलीको समस्यामाथि नियन्त्रण पाउनका लागि मानिसहरुले आफ्नो जीवनशैलीमा परिवर्तलाई स्विकार गरिसकेका छन् । दैनिक व्यायाम, छालाको हेरचाह, पर्याप्त निद्रा र आरामले तपाईंलाई लामो समयसम्म जवान राख्ने निकै राम्रो तरिका हो । तर के तपाईंलाई हामीले आफ्नो खान्कीमा समावेश गर्ने खानाले पनि हामीलाई बुढ्यौलीतर्फ तीब्र रुपमा धकेलिरहेको छ भनेर थाहा छ । स्वास्थ्य विज्ञका अनुसार अत्यधिक चिनीको सेवन गर्ने मानिसहरुमा उमेरसम्बन्धि रोगको बढी खतरा हुने गर्छ । 

उच्च चिनीयुक्त खानाको खतराः

टफ्ट्स युनिभर्सिटीका अनुसन्धानकर्ताका अनुसार उच्च चिनी भएका खानेकुराले मानिसको उमेरसँग सम्बन्धि रोगका लागि जिम्मेवार टक्सिन (विषालु पदार्थ) को निर्माण गर्छ । साथै यी विषालु पदार्थलाई नष्ट गर्ने शारीरिक क्षमतालाई पनि हानी गर्छ । यस्तो प्रकारको उच्च चिनी भएको खानाले हाम्रो शरीरमा दोहोरो प्रहार गर्ने गर्छन् । 

अत्यधिक चिनी खाँदा निम्तिने रोगः

अनुसन्धानका प्रमुख लेखक तथा टफ्ट्स युनिभर्सिटीका प्राध्यापक एलन टेलरले  यो शोधमा आफूहरुले उच्च चिनीयुक्त खानेकुरा खाँदा स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बारे बुझ्न चाहेको बताए । अनुसन्धानमा आफूहरुले चिनीको अत्यधिक मात्राले उमेरसँग जोडिएको रोगको खतरालाई बढाउनले गरेको तथ्य फेला परेको विज्ञहरुले बताएका छन् । 

यस्तो रोगको खतराः

चिनीको अत्यधिक मात्राले मुटुजन्य रोग, मधुमेह र उमेर सम्बन्धि म्याक्यूलर डिजेनरेशनको समस्या पैदा हुन्छ ।   म्याक्यूलर डिजेनेरेशन एउटा यस्तो रोग हो जसले मानिसलाई दृष्टिविहिनसमेत बनाउन सक्छ । 

के हो एड्भान्स ग्लाइकेशन एण्ड प्रोडक्ट्सः

वास्तवमा शरीरमा p62 नामको एउटा प्रोटिनले हाम्रो तन्तुलाई स्वस्थ बनाउने काम गर्छ । यो हाम्रो शरीरको स्यानिटाइजेशन टिमको एउटा हिस्सा हो जसले उच्च चिनीयुक्त खानेकुराको हानिकारक बायोप्रोडक्ट, एड्भान्स ग्रालाइकेशन एण्ड प्रोडक्ट्स (एजीई) लाई टाढा राख्छ । 

शरीरको पूरा काम कारवाहीमा नकारात्मक असरः

हाम्रो शरीरमा p62 प्रोटिन जति कम हुन्छ, हानिकारक एजीई त्यति नै धेरै जम्मा हुनेछन् । उच्च चिनीयुक्त खानेकुराले शरीरमा क्षती पुर्याउने एजीईलाई बढाउनुका साथै p62को कामकारवाहीमा पनि नकारात्मक असर पुर्याउँछ । उच्च चिनीले टक्सिनको मात्रा त बढाउँछ नै शरीरलाई रक्षा गर्ने कामकारवाहीलाई पनि प्रभावित पार्छ । 

गुलियो खानेकुराको साटो चिल्लो खानेकुरा सेवन गर्नबाट पनि जोगिनुहोस्ः

एलन टेलर भन्छन्, ‘शरीरलाई चिनी फिटिक्कै चाहिँदैन भन्नु पनि गलत हो । चिनीलाई खानामा सेवन गर्दै गर्नु हुँदैन भन्नु पनि गलत हो । गुलियो खानेकुराको साटो चिल्लो खानेकुराको सेवन गर्न थाल्नु पनि ठूला गल्ती हुनेछ । आफ्नो खानालाई सधैं सन्तुलित राख्नुहोस् । यसमा विभिन्न प्रकारको फल र सागसब्जी हुन पनि आवश्यक छ ।’

यस्ता खानेकुरा खानबाट जोगिनुहोस्ः

अत्यधिक चिनी राखिएका खाना खान बन्द गर्नुपर्छ । सस, केचअप, प्याकेटका जुस, कोल्ड ड्रिङ्क्स वा एनर्जी ड्रिङ्क्स, चकलेट मिल्क, ग्रेनोला, फ्लेवर्ड कफी, आइस टी, क्यान सूप र तयारी सुप, प्रोटिन बार, भिटामिन वाटर र क्यान फ्रुटमा चिनीको अत्यधिक मात्रा हुन्छ । 

धेरै स्टार्च भएका खानेकुराः

डाक्टरका अनुसार सुगर नियन्त्रणका लागि धेरै स्टार्च भएका खानेकुराबाट बच्नुपर्छ । यस्ता मानिसहरुले आलू, काउली, मुसुरोको दाल, सलगम र शख्खरखण्डजस्ता खानेकुरा खानबाट जोगिनुपर्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप