आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उकालो लाग्यो सुनको मूल्य

सुनको मूल्यमा ९०० बढ्यो !
सोमबार, ०६ पुस २०७७, ११ : ५९
सोमबार, ०६ पुस २०७७

स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ ।  

छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको छ । छापावाला सुन आइतबार प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन प्रतितोला रु ८५० ले वृद्धि भएको छ । तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ७०० मा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सो धातु आइतबार प्रतितोला रु ९३ हजार ८५० मा कारोवार भएको थियो । 

यस्तै चाँदीको मूल्य भने तोलामा रु ४० ले वृद्धि भएको छ । चाँदी प्रतितोला आज रु एक हजार ३२० मा कारोवार भएको छ । 

आइतबार सो धातु रु एक हजार २८० मा कारोवार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप