ओलीको कदम स्वीकार्न नसकिने बादल निकट नेताहरुको निष्कर्ष
सोमबार, ०६ पुस २०७७, १२ : ५७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ निकटका नेताहरुले संसद विघटनजस्तो प्रतिगामी कदम चाल्ने केपी ओली पक्षबाट अलग हुन सुझाव दिएका छन् । बादलकै सरकारी निवास पुल्चोकमा उनी निकटका नेताहरुले ओलीको संसद विघटन गर्ने कदम कुनै हालतमा स्वीकार गर्न नसकिने भन्दै कित्ता क्लियर गर्न सुझाव दिएका छन् ।
नेताहरु पम्फा भुसाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरुले बादललाई त्यस्तो सुझाव दिएका हुन् । तर बादलले भने अरुका कुरा सुनेर मात्रै बसेको कुनै प्रतिकृया नदिएको एक नेताले जानकारी दिए । ‘हामी सबैको एउटै स्वर थियो । ओलीको प्रतिगामी कदम स्वीकार गर्नुहुँदैन । तर उहाँ सुन्नुभयो बोल्नुभएन’, एक नेताले रातोपाटीलाई बताए । नेतृ पम्फा भुषालले छलफल भएको भन्दै त्यसबारे पछि जानकारी दिने बताइन् ।