सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीको कदमविरुद्ध कस्तो योजना बनाउँदैछ तीन दलीय गठबन्धन ?

सोमबार, ०६ पुस २०७७, १३ : १०
सोमबार, ०६ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा, नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल सम्मलित गठबन्धनको आज बैठक बस्न गइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको बारेमा छलफल गर्न गठबन्धनको बैठक काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

गठबन्धनले प्रधानमन्त्री अ‍ोलीले चाल्नुभएको कदमको प्रतिवाद गर्ने निर्णय हिजोको बैठकबाट गरेको थियो । आजको बैठकबाट कस्तो खालको कार्यक्रम गर्ने विषयमा छलफल हुने बताइएको छ ।  प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदम लोकतान्त्रिक विरोधी र असंवैधानिक रहेको भन्दै त्यसको प्रतिवाद गर्ने भएको छ । यिनै गठबन्धनलाई चुनावसम्म निरन्तरता दिने प्रयास पनि हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको विरुद्ध सबै दल एकजुट हुनुपर्ने भन्दै यो गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनुपर्ने पनि कतिपय नेताले धारणा राखेका छन् भने कतिपयले चुनावी गठबन्धन बनाउन अहिले हतार नगर्न पनि सुझाव दिएको छ । 

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी समितिका सदस्य एवं प्रदेश  अध्यक्ष जितेन्द्र सोनलले भने, ‘गठबन्धनलाई निरन्तरता दिने नदिने त्यो पछिको कुरा हो तर अहिले जे समस्या सामुन्नेमा छ, त्यसलाई समाधान गर्नतिर लाग्नुपर्छ, प्रधानमन्त्री ओलीले चाल्नुभएको कदम गलत हो, त्यसको विरोध कसरी गर्ने, संघीयता र लोकतन्त्रलाई कसरी जोगाउने त्यतातिर ध्यान दिनुपर्छ ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको कुरा सबैले भनि सकेका छन्, अब त्यसको कसरी प्रतिवाद गर्ने त्यसको बारेमा छलफल हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप