सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नबिल बैंकद्वारा ३५.२६% लाभांश घोषणा, वाणिज्य बैंकमध्येकै धेरै

सोमबार, ०६ पुस २०७७, २१ : ०९
सोमबार, ०६ पुस २०७७

काठमाडौं । नबिल बैंकले वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ । सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले यो वर्ष सेयरधनीहरुलाई ३५.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । 
उक्त लाभांशमध्ये ३३.५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गरिनेछ । 

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैंया छ । प्रस्तवित लाभांश वितरण गर्दा बैंकल कुल ३ अर्र्ब ५३ करोड रुपैयाँ बराबरको लाभांश दिनेछ । यो लाभांशपछि बैंकको चुक्ता पुँजी १३ अर्ब ३४ करोड रुपैयाँ पुग्नेछ । 
यो लाभांश वाणिज्य बैंकहरुमध्येकै धेरै हो । हालसम्म लाभांश घोषणा गरेका २४ वाणिज्य बैंकले बढीमा २० प्रतिशत लाभांश दिएका छन् । 

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण हुनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप