आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ह्वाइट हाउस छाडेपछि कसरी बित्लान् डोनाल्ड ट्रम्पका दिन ?

सोमबार, ०६ पुस २०७७, २३ : ४८
सोमबार, ०६ पुस २०७७

एजेन्सी । अर्को महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्नेछन् । उनी राष्ट्रपति पद छाडेर अमेरिकाका आम नागरिक सरह हुनेछन् । त्यसपछि उनको भविष्य के हुन्छ ? त्यसपछि उनले के गर्लान् ? सबैको चासोको विषय छ । विशेषगरी राष्ट्रपति हुनुअघि नै व्यपारीको परिचय बनाएका ट्रम्पसँग धन दौलतको कमी छैन र थिएन । उनीसँग चुनावी फन्डका रुपमा आएको १८२५ करोड रुपैयाँ पनि छ । यद्यपि, यसबाट ४ सय करोड रुपैयाँ राजनीतिक कार्य समितिमा जानेछ । तैपनि ट्रम्पसँग खर्च गर्न निकै धेरै पैसा बाँकी रहन्छ । 

उनका छिमेकीहरु भने जबसम्म ट्रम्पले ह्वाइट हाउस छाड्दैनन्, तबसम्म उनले उक्त फन्ड नचलाउने बताउँछन् । त्यसपछि भने उनले खर्च गर्नेछन् । ट्रम्पले उक्त फण्डमा जम्मा भएको पैसा पार्टीको विद्रोही गुटलाई उक्साउन, पार्टीभित्र वफादार भएर काम गर्नेहरुलाई इनाम दिन, उनीहरुलाई भ्रमण खर्च दिन, भाडामा स्टाफ लिन र कानूनी बिल तिर्न प्रयोग गर्ने सक्ने अनुमान गरिएको छ । त्यतिमात्रै होइन ट्रम्पले उक्त पैसा सन् २०२४ को चुनावका लागि जग्गा कारोबारमा समेत लगानी गर्न सक्छन् । ट्रम्पका सहयोगी जोन म्याक लफ्लि भन्छन् कि ट्रम्प रिपव्लिकन पार्टीका नेता भएकोले ४ वर्षमा निकै धेरै फण्ड उठाएका छन् ।

चुनावी विज्ञापनका लागि भने ट्रम्पका लागि एउटा कम्पनीले लगानी गरेको थियो । टेलिभिजन र डिजिटल विज्ञापनका लागि मिडिया परामर्श कम्पनीले उक्त रकम भुक्तानी गरेको थियो । सन् २०१९ देखि यस कम्पनीमार्फत करिब ५१०० करोड रुपैया भूक्तानी भैसकेको छ । एक दस्तावेजका अनुसार यो कम्पनीमा ट्रम्पकी बुहारी र उनका चुनावी अभियान सल्लाहकार लौरा ट्रम्प बोर्ड सदस्य रहेका छन् । उपराष्ट्रपति माइक पेन्सका भतिजा पनि यस कम्पनीमा रहेका थिए । यद्यपि, ट्रम्पका प्रवक्ताका अनुसार ती दुबै जनाले सन् २०१९ कम्पनीको बोर्डबाट राजीनामा दिइसकेका छन् ।

यद्यपि, ट्रम्पसँग यति धेरै धन छ कि भविष्यमा उनले जहाँ जे पनि गर्न सक्छन् । तर यसका लागि उनले कानुनी मामिलाबाट आफुलाई जोगाउनुपर्छ । फोब्र्सका अनुसार गत सेप्टेम्बरसम्म ट्रम्पको सम्पति  लगभग ४ हजार ४ सय करोड रुपैयाँ रहेको थियो । ट्रम्पसँग अमेरिका र अन्य कयौं देशहरुमा आलिशान होटलहरु पनि रहेका छन् ।  मियामीमा उनको गल्फ रिसोर्ट रहेको छ भने म्यानहट्टनमा ३५० भन्दा बढी पार्किङ स्पेस रहेका छन् । त्यस्तै फलोरिडामा मार–ए–लागो क्लब रहेको छ । त्यसैले ट्रम्पको जीवन फेरि एकपटक व्यापरका वरिपरि रहेर बित्नसक्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप