सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संसद नै विघटन भएपछि स्थानीय पूर्वाधार विकासको ६ अर्ब ६० करोड बजेट के हुन्छ ?

मङ्गलबार, ०७ पुस २०७७, १२ : ४३
मङ्गलबार, ०७ पुस २०७७

प्रतिनिधिसभा विघटन र चुनावको नयाँ मिति घोषणा भएसँगै चुनावी खर्च कसरी जुट्छ भन्ने चासो बढ्न थालेको छ । यसपटक कोरोना प्रभावका कारण थलिएको अर्थतन्त्र र सरकारलाई आफ्नो दैनिक खर्चमै समस्या  पर्ने अवस्थामा चुनावका लागि अतिरिक्त खर्च जुटाउँनै सकस हुने देखिन्छ । 

कतिपयले  चुनावी खर्च जुटाउने एउटा स्रोत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट पनि हुनसक्ने बताउँदै आएका छन् । चालु आर्थिक वर्ष (२०७७÷०७८) को बजेटमा स्थानीय  पूर्वाधार विकास साझेदार कार्यक्रम अन्र्तगत ६ अर्ब ६० करोड रुपैयाँ छुटयाइएको छ । यो भनेको एक निर्वाचन क्षेत्रका लागि ४ करोड रुपैयाँब बराबर हो ।  

पूर्व अर्थसचिव डा. शान्तराज सुवेदीले आयोजना छानिएर स्वीकृत भएका छन् र  काम गर्ने आदेश दिइएको भने रकम बिनियोजन हुने र स्वीकृति नदिएको हो भने रोकिने बताए ।  निर्णय गरेर आयोजना अघि बढाएको हकमा भने बजेट नरोकिने उनको भनाइ छ । 

संसद नै विघटन भएपछि सो रकम के हुन्छ भन्ने रातोपाटीले गरेको प्रश्नमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले १ सय ६५ वटै स्थानीय तहका आयोजना मंसिर मसान्तभित्रै छनौट गर्ने र सम्बन्धित जिल्ला विकास समितिमा जानकारी दिनुपर्ने प्रावधान भएकाले सो रकम अब नरोकिने बताए  ।  यदि आयोजना छनौट नभएर प्रक्रियामा नगएको भए बजेट रोकिने उनको भनाइ छ । अब सबै रकम निर्वाचन क्षेत्रका लागि जान्छ । केही रकम निकासा भएको र निकासा हुन बाँकी रकम रोक्न नमिल्ने उनको भनाइ छ । 

व्यापक विरोधका बाबजुत बजेटमा परेको स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रमका लागि  (कतिपयले संसद विकास कोषकै परिवर्तित नाम भनेका छन ) गत वर्षको भन्दा कम बजेट छुट्याइएको छ । प्रत्यक्ष निर्वाचित संसदलाई विकासका नाममा दिइएको यस बजेटमा संसदहरु भित्रै मतभेद देखिन्छ । कतिपय संसदले यो व्यवस्था खारेज गर्न माग गरे पनि सबै संसदको एकै स्वर नआएपछि बजेटले निरन्तरता पाएको तत्कालिन अर्थमन्त्री डा. यूवराज खतिवडाले स्पष्टीकरण दिएका थिए । यसमा समानुपातिक संसदले विकासका नाममा रकम पाएका छैनन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप