बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

त्यो एक तस्बिर जुन बन्यो सन् २०२० को ऐना

मङ्गलबार, ०७ पुस २०७७, १५ : १९
मङ्गलबार, ०७ पुस २०७७

सन् २०२० कसैका लागि पनि सहज रहेन । कोरोनाभाइरस संक्रमणको असर संसारभरी परेको छ । 

बीबीसीले पाठकलाई यस वर्षको आफ्नो सबैभन्दा सुन्दर याद (जसलाई उनीहरुले तस्बिरमा कैद गरे) पठाउन भनेको थियो । 

ती तस्बिरमधये केही तस्बिर बीबीसीले प्रकाशित गरेको छ । 

हावर्ड स्मिथः

कोरोनाभाइरस महामारीका कारण संसारका धेरैजसो देश लकडाउनमा रह्यो । पहिलो लकडाउन समाप्त हुने बित्तिकै मैले एकदम शान्ति भएको स्थानमा जाने मौका पाएँ । 

लेक डिस्ट्रिक्ट जहाँ सूर्यको चम्किलो प्रकाश थियो । चारैतिर पहाड थिए र टाढासम्म फैलिएको हरिया पहेँला घाँस थिए । बटरमेयर पोखरीको पानीमा रुखको प्रतिबिम्बले निकै लोभ्याएको थियो । 


टोनी कुकः

यो तस्बिर मैले आफ्नो बगैंचामा खिचेको हुँ । यतिबेला मेरो छोरा र मेरो छोराको छोरा पनि सँगै थिए । 

मेरो छोरा आफ्नो छोरा र श्रीमतीसँग लण्डनबाट मेरो जन्मदिनको मौका पारेर आएका थिए । नियमका अनुसार मैले उनीहरुलाई अँगालो हाल्न सक्दैनथेँ । यति टाढाबाट गाडी चलाएर आएपछि उनीहरु निकै नराम्रोसँग थाकेका पनि थिए । 

एगरिट्स बर्गः

यो तस्बिर मेक्सिकोमा लगाइएको लकडाउन समाप्त भएको केही समय पछिको हो । लकडाउन समाप्त भएपछि हामीले हाम्रो कुकुरलाई समद्रमा लिएर गएका थियौं । 

यो बेलुकाको समय थियो । आकाशमा बादल थिए तर निकै गर्मी र उकुसमुकुस थियो । त्यसैले कुकुरलाई समुद्रको किनारामा खेल्न निकै मन परिरहेको थियो । 

उनीहरु खेलेको देखेर मन आफै पुलकित भइरहेको थियो । 

उनीहरुलाई देखेर मलाई सधैं एउटा कुरा याद आउँछ कि जीवनको हरेक क्षणको मज्जा लिन आवश्यक छ र जीवनले हामीलाई जुन सानातिना चिजहरु दिएका छन्, त्यसका लागि हामी कृतज्ञ हुन पनि निकै महत्वपूर्ण छ । 

हली कमरफोर्डः

कोरोनाभाइरस संक्रमणको प्रसार रोक्नका लागि विभिन्न प्रकारको प्रतिबन्ध लागू गरिएका थिए । सामाजिक दुरीसहित विभिन्न गतिविधिमा प्रतिबन्ध लगाइएको थियो । 

यस्तोमा सप्ताहन्त मेरा लागि बाहिरी दुनियाँलाई एकपटक पुनः खोजी गर्ने मौका थियो । र त्यसपछि मैले मेरा पितासँग जङ्गलमा खाना पनि खोजेँ । 

यहाँ हेर्नुहोस् हामीले नर्थ स्टेफोर्डशायरमा केही च्याउ खोज्यौं । 

जेनी डाउनिङः

मैले मेरी नातिनीलाई पहिलो पटक भेट्दा उनी पाँच महिना भइसकेकी थिइन् । यो तस्बिर नजिकैको एक पार्कको हो । हामी त्यहाँ पिकनिक मनाउन गएका थियौं र यो तस्बिर त्यतिबेलाकै हो । 

मेरा श्रीमान् उनीसँग खेल्न पूरा कोसिस गरिरहेका थिए तर दुरी पनि स्थापित होस् भन्ने कुरामा उनको ध्यान केन्द्रीत थियो । 

डार्कस जोनसनः

हामीले लकडाउन सुरु हुने बित्तिकै एउटा बर्ड–फिडर राखिदिएका थियौं । हामी दैनिक त्यसमा दाना भरिदिन्थ्यौं । 

यहाँ हाम्रा वरिपरिका पंक्षी हरेक दिन दाना खान आउने गर्दथे । 

गेब्रियल टर्नक्लिफः

यो सन् २०२० को मेरो सबैभन्दा मनपरेको तस्बिर हो । यो तस्बिरले मलाई त्यो उज्ज्वल दिनको याद दिलाउँछ जब मैले प्रकृतिको नजिक भएर समय बिताएको थिएँ । 

यो तस्बिर मैले एक हातले खिचेको थिएँ । म त्यो पंक्षीलाई आफ्नो बायाँ हातले रिझाउने कोसिस गरिरहेको थिएँ । 

सू किमः

तपाईं बेहोस् हुनुभयो ?

पिटर क्विनः

शेफिल्ड शहरभन्दा केही किलोमिटर टाढा पिक डिस्ट्रिक्टमा करिब सयवटा रातो हरिण घुमिरहेका थिए । 

सोन्या रोजर्सः

लकडाउनले हामीबाट धेरैकुरा खोसेको छ तर त्यतिबेला हामीले ती चिजबारे सोच्ने समय पायौं जसलाई हामी धेरैजसो नजरअन्दाज गर्ने गर्दथ्यौं । 

यतिबेला मैले केही कुरालाई धेरै गम्भीरता र नयाँ तरिकाले देख्ने क्षमता विकसित गरेँ । 

स–साना दाना, जसमा पानीको सन्तुलन थियो । कति सुन्दर र सन्तुलित । 

डियर्डे कोडीः

सन् २०२० एक मुश्किल वर्ष थियो तर यही यो वर्ष थियो जब मेरो बच्चा मेरो काखमा आयो । 

जुन दुनियाँमा ऊ आइरहेको थियो, त्यो उसका लागि निकै भिन्न थियो, त्यो दुनियाँभन्दा जहाँ म हुर्किएकी थिएँ । महामारीको समयमा आफ्नो बच्चा देखेर मलाई सधैं यो लाग्छ कि आउने सन्तती कुनै पनि संकटको सामना गर्नका लागि तयार छन् । 

सोफी हडसनः

मार्च ७ पछि नै उड्डयन क्षेत्र कोभिड महामारीको चपेटमा छ । यो क्षेत्र कोभिड महामारीबाट प्रभावित सबैभन्दा खराब क्षेत्रमध्ये एक हो । 

पछिल्लो केही हप्तादेखि विमान सेवा पुनः सुरु भएका छन् तर पहिलो झैं सामान्य हुन अझै पनि समय लाग्नेछ । 

राशेल व्हिलरः

यो तस्बिर वेस्ट योर्कशायरको अक्सेनहोपमा ली शो रिजर्वोयरको माथिबाट लिइएको हो । 

मेरो घरमा मेरा श्रीमान् र म दुबै काम गर्छौं । यस्तो लाग्छ कि हाम्रो सन् २०२० मा कि काम गर्ने कि टहल्ने काम मात्रै हो ।

स्टिव एवांसः

म दक्षिण–पश्चिमी ओन्टारियोमा जहाँ बस्छु, त्यसको नजिकै एउटा वेटल्याण्ड छ । 

म वेटल्याण्ड जाँदै थिएँ तर म हुरुन ताल नजिकै यी पंक्षीका कारण रोकिन बाध्य भएँ । 

जेसिका वाकरः

हप्ताभरी कोभिड महामारीसँग सम्बन्धित तनावपूर्ण खबरपछि पाँच मिनेट शान्ति पाउने कोसिस र यस्तोमा म आफ्नी छोरीसँग समय बिताउनेभन्दा अर्को विकल्प के सोच्न सक्छु र ?

स्टिवर्ट मेसनः

यो तस्बिर त्यतिबेला खिचिएको हो जब पहिलो पटक सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गरिएको थियो । 
यो तस्बिरले कोभिड–१९ ले हाम्रो वातावरणमा कति गहिरो असर पुर्याएको छ भनेर देखाएको छ । 

टेमासिन डेविस

कोभिड महामारीका बेला स्कूल बन्द भए । धेरैजसो देशमा अहिले पनि स्कूल बन्द नै छन् र बच्चाहरु अनलाइनबाट पढिरहेका छन् । 

तपाईंलाई के लाग्छ ? बच्चालाई स्कूल जान र पढ्न मनपर्छ वा यसरी कुर्सीमा ल्यापटपको अगाडि बस्न ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप