सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल मिल्दैनः प्रचण्ड

मङ्गलबार, ०७ पुस २०७७, १६ : १७
मङ्गलबार, ०७ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीको कार्यशैली कम्युनिष्टसँग विल्कुल नमिल्ने दावी गरेका छन् । पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले ओलीमा कम्युनिस्टको व्यवहार र कार्यशैली नै नरहेको बताएका हुन् । ‘उहाँमा धैर्यता छैन । बैठक बस्न पार्टीको अध्यक्षले अर्को अध्यक्षसँग अनुनय गर्नुपर्ने अवस्था एउटा कम्युनिष्टमा हुन सक्दैन,’ उनले भने । 

ओलीले पार्टीमा बहसलाई निषेध गरेको आरोप पनि प्रचण्डले लगाए । ‘बहस गर्न खोज्दा बहस गर्न पाइँदैन रे !,’ उनले भने, ‘अस्तिको सचिवालय बैठकमा उहाँ एक घण्टा बोल्नुभयो तर हामीले राखेको प्रस्तावलाई आरोपपत्र रे ! बोल्न पाइँदैन भन्नुभयो ।’

सचिवालयका सबै सदस्यहरु, यहाँसम्म कि, ओलीकै निकट मानिएका ईश्वर पोखरेलले समेत ‘बोल्न त सबैले पाइन्छ’ भनेपछि बल्ल आफूले बोल्न पाएको प्रचण्डले खुलासा गरे । उनले भने, ‘प्रवृत्ति हेर्नुस् कस्तो छ उहाँको !’ आफूले पार्टी एकतालाई बचाउन धेरै त्याग गरेको प्रचण्डको दावी थियो । आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने कुरालाई छाडेको, सरकारमा जाने कुरालाई आफूले प्राथमिकता नदिइ पार्टीको भूमिकालाई नै रोजेको उल्लेख गर्दै प्रचण्डले त्यसका बाबजुद सचिवालय बैठकमा आफ्नो कुर्सी हटाइएको, अपमान गर्न खोजिएको प्रस्ट पारे ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप