सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालको होटलमा आपत्तिजनक स्थितीमा भेटिएका भारतका तीन न्यायाधीश बर्खास्त

बुधबार, ०८ पुस २०७७, ०५ : ३७
बुधबार, ०८ पुस २०७७

भारतको बिहारमा तीन न्यायाधीशलाई सेवाबाट बर्खास्त गरिएको छ । तीनै न्यायाधीश केही वर्ष अघि नेपालमा महिलासँग एक होटलमा आपत्तिजनक स्थितीमा भेटिएका थिए । 

राज्यको सामान्य प्रशासन विभागले सोमबार यसबारे सूचना जारी गरेको हो । सूचनाका अनुसार हरि निवास गुप्ता, जितेन्द्र नाथ सिंह र कोमल राम बर्खास्तीमा परेका हुन् ।

यो बर्खास्ती १२ फेब्रुअरी २०१४ देखि लागू हुने र तीनै न्यायाधीश सेवानिवृत्तिपछि पाइने लाभबाट वञ्चित हुने सूचनामा जानकारी दिएको छ । 

समाचार एजेन्सी पिटिआईका अनुसार त्यतिबेला हरि निवास गुप्ता परिवार न्यायालय, समस्तीपुरका प्रधान न्यायाधीश, जितेन्द्र नाथ सिंह अररियामा अतिक्ति जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश– सह–मुख्य न्यायिक मजिस्ट्रेटको पदमा थिए । 

उनीहरुलाई विराटनगरको एउटा होटलमा नेपाल प्रहरीले छापामारीको क्रममा पक्राउ गरेको थियो । पछि उनीहरुलाई छोडिएको थियो तर यो घटना मिडियामार्फत् जानकारीमा आएको थियो । 

पटना हाइकोर्टमा उनीहरुविरुद्ध अनुसन्धानको आदेश दिइएको थियो जसमा उनीहरु दोषी पाइए  उनीहरुलाई बर्खास्त गर्ने सिफारिस गरियो । 

अधिकारीले यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपिल गरेका थिए जुन गत वर्ष खारेज गरियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप