बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा खोपको चक्कर : नेतालाई पहिला कि स्वास्थ्यकर्मी ?

बिहीबार, ०९ पुस २०७७, ०७ : ४८
बिहीबार, ०९ पुस २०७७

अमेरिका । कोरोनाभाइरसको प्रकोपले यस धर्तीमै सबैभन्दा बढी पीडित राष्ट्र । अहिले त्यहाँ व्यापक रुपमा कोरोनाविरुद्धको खोप अभियान चालिएको छ । तर त्योसँगसँगै त्यहाँ नयाँ बहस पनि शुरु भएको छ : खोपको पहिलो हकदार को – राजनीतिकर्मी कि स्वास्थ्यकर्मी ?

खोपका बारेमा अमेरिकी जनमत विभाजित छ । दु्रत गतिमा आएको कोरोनाभाइरसविरुद्धको खोपका बारेमा अधिकांश जनतामा द्विविधा छ– यो सुरक्षित छ कि छैन भनेर ? यो स्थितिमा जनतामा रहेको द्विविधालाई हटाउन र खोप सुरक्षित छ भनेर भन्दै खोप लगाउने प्राथमिकतामा त्यहाँका प्रमुख राजनीतिकर्मीहरुले खोप लगाएका दृश्यहरु अखबार, अनलाइन तथा टिभीहरुमा प्राथमिकताका साथ प्रशारण पनि भइरहेकै छन् ।

तर यसरी विश्वास दिलाउने नाममा राजनीतिकर्मीहरु कोरोनाविरुद्धको खोप लगाउने कुरामा प्राथमिकतामा परेपछि खोप लगाउने मामिलामा स्वास्थकर्मीहरु उपेक्षित बन्न पुगेको आवाज पनि उठ्न थालेको छ । विशेषतः कोरोनाविरुद्धको खोपका सबैभन्दा मुख्य आवश्यकता कोरोना संक्रमितहरुको उपचारमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीहरु बन्नुपर्ने आवाज अमेरिकामा उठ्न थालेको छ ।

यतिखेर अमेरिकी कंग्रेसका सबै सदस्यहरुलाई खोप लगाउने मामिलामा प्राथमिकतामा राखिएको खबर आइरहेको छ । उता अग्रपंक्तिमा खटिएका तथा कोरोनाको सबैभन्दा बढी जोखिममा रहेका स्वास्थ्यकर्मीहरुको पालो चाहिँ कहिले आउँला भन्ने कुराको कुनै सुनिश्चित नरहेका भनी असन्तोष प्रकट हुन थालेका छन् ।

विशेष गरेर हिजो कोरोनाको जोखिमका विरुद्ध मास्क लगाउनुपर्छ, भौतिक दूरीको पालना गर्नुपर्छ भन्ने जनस्वास्थ्यविदहरुको आव्हानलाई लत्याउने र त्यसको पालना नगर्नेहरु अहिले खोप पाउने कुरामा अग्रपंक्तिमा राखिएपछि स्वास्थ्यकर्मीहरु निराश बनेको र त्यसले उनीहरुमा आक्रोश पैदा हुन थालेका खबरहरु आउन थालेका छन् ।

यतिखेर अमेरिकामा फाइजर–बायोएनटेकका खोपलाई आपतकालीन रुपमा उपयोग गर्न अनुमति दिइएको छ । तर खोपको सीमित उपलब्धताका कारण कोभिडका उपचार भइरहेका अस्पतालहरुमा पनि पहिलो चरणमा खोपका सीमित मात्रा मात्रै पठाइएका छन् । यो स्थितिमा राजनीतिकर्मी र प्रशासनिक पदाधिकारीहरुलाई हैन, बरु स्वास्थ्यकर्मीहरुलाई चाहिँ खोपको प्रयोगमा अग्राधिकार दिइँदा आम मानिसमा खोपप्रतिको विश्वास बढ्ने आवाज पनि उठ्न थालेका छन् ।

यसबीच अमेरिकाका कतिपय अस्पतालमा कोभिडका विरामीको उपचारमा नखटिने पदाधिकारीहरुले चाहिँ खोप लगाउने तर अग्रमोर्चामा खटिएका स्वास्थयकर्मीले चाहिँ खोप लगाउन नपाएको घटनाले गम्भीर असन्तोष पैदा गरेको खबर पनि आएका छन् ।

एजेन्सीहरुको सहयोगमा . Title Photo: https://www.washingtonpost.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप