सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नयाँ वर्ष लागेपछि ब्रोकर कमिसन घट्छ: भीष्मराज ढुंगाना

बिहीबार, ०९ पुस २०७७, १६ : २३
बिहीबार, ०९ पुस २०७७

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अँग्रेजी नयाँ वर्ष लागेपछि ब्रोकर कमिसन घट्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का कार्यसमितिसँगको भेटघाटका क्रममा बोर्डका अध्यक्ष ढुंगानाले नयाँ वर्ष सुरु भएपछि नयाँ ब्रोकर कमिसन लागु गर्ने संकेत गरेका हुन् । आफूहरु यसका लागि निकै तयारी गरेको भन्दै अध्यक्ष ढुङ्गानाले सीडीएससीको प्लेटफर्मममा परिवर्तन गरेर छिटै नै नयाँ कमिसनको घोषणा गर्ने बताएका हुन् । 

‘ब्रोकर कमिसन घटाउने भन्ने कुरा हेर्दा सामान्य लागे पछि अलि जटिल नै हुँदो रहेछ । हामी कमिसनको फ्रेमवर्क र कति मकिसन घटाउनेबारे छलफल गर्दैछौं । फ्रेमवर्क लगभग तयार भइसकेको छ । अब कति घटाउने भन्ने टुङ्ग्याउन बाँकी छ,’ अध्यक्ष ढुङ्गानाले भने, ‘हामीले अहिलै निर्णय गरेर मात्रै पनि लागु नहुने रहेछ, सीडीएसीको प्लेटफर्म चेञ्ज गर्र्नुपर्ने रहेछ । नयाँ वर्षपछि नयाँ उत्साह आउने आशा गरौं । 

ढुङ्गानाले पुँजी बजारमा धेरै सुधारका कामहरु भएको र अझै हुने चरणमा रहेको भन्दै यी कामहरुका बारेमा सकारात्मक प्रचार गरिदिन आर्थिक पत्रकारहरुलाई आग्रह समेत गरे । ‘हामीले सेयर कजारमा धेरै सुधारका कामहरु गरेका छौं । बैंक इन्ट्रिगेसन, ब्रोकरको क्षमता बढाउने, आईटी सुधार गर्ने काम भइरहेका छन् । हामीले इ–केवाईसी लागु गर्न सीडीएस एण्ड क्लियरिङ हाउसलाई निर्देशन दिइसकेका छौं । हिजोमात्रै सूचना प्रविधिसम्बन्धी कार्यविधि लागु गर्यौं,’ ढुंगानाले भने, ‘अर्को हप्ता दोस्रो स्टक डिलरको लाइसेन्स आउने, यही हप्ता आउँछु भन्नुभएको छ । बुकविल्डिङपछि निजी क्षेत्रका कम्पनीहरु उत्साहित हुनुभएको छ ।’

उनले पत्रकारहरुले लेखिदिने नकारात्मक समाचारका कारण राम्रो काम गर्न चाहनेको समेत जाँगर मर्ने भएकोले यस्तो विषयमा विचार गरिदिन आग्रह समेत गरे । 

‘हामीले गरेको समाचार सम्प्रेषणले हाम्रो हौसला व्यक्तित्वमाथि आँच नआउनेगरी गरिदिनुहोला । त्यस्तो कमेन्ट देर्दा यस्तो दिक्क लाग्छ, काम गर्ने जाँगर हराउँछ,’ ढुङ्गानाले भने । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप