सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बल्खु पुगे प्रचण्ड-माधव नेपाल, यसरी गरे मदन भण्डारीको शालिकमा माल्यार्पण (फोटोफिचर)

बिहीबार, ०९ पुस २०७७, १८ : ०३
बिहीबार, ०९ पुस २०७७

काठमाडौं । काठमाडौंको बबरमहलस्थित एक पार्टी प्यालेसमा केन्द्रीय समितिको बैठक सकेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल बल्खुस्थित पार्टी कार्यालय पुगेका छन् । उनीहरुको साथमा बरिष्ठ नेता, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायत थिए । बल्खुमा पुगेर दुबै अध्यक्षले तत्कालीन एमाले माहासचिव मदन भण्डारीको शालीकमा माल्यापर्ण गरेका छन् । 

सो अवसरमा अध्यक्ष प्रचण्डले कम्युनिष्टहरुको भाव झल्किने पार्टी कार्यालय निर्माण गर्ने लक्ष्यको स्मरण गर्न आएको बताए । साथै पार्टीका सबै नेता कार्यकर्तालाई एकताबद्ध हुन सन्देश दिन खोजेको उल्लेख गरे । अर्का अध्यक्ष माधव नेपालले पार्टी कार्यालय बल्खु आफूसँग लामो समयदेखि जोडिएको र पार्टीको मूलधार आफूसँग रहेकोले सबैलाई  एकैठाउँमा आउन आग्रह गरे । 
हेर्नुहोस् तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप