सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बेलायतका हस्पिटलमा संक्रमण यताकै बढी चाप

बिहीबार, ०९ पुस २०७७, २३ : ५६
बिहीबार, ०९ पुस २०७७

लन्डन । बेलायतका हस्पिटलमा संक्रमितको संख्या संक्रमण सुरु भएयाताकै  सबै भन्दा उच्च पुगेको  छ ।  गत अप्रिलमा कोरोना संक्रमण पिकमा पुगेको बेला हस्पिटल भर्ना भएका संक्रमितको संख्या १८ हजार ९२१ पुगेको थियो । बिहीबार साँझसम्ममा बेलायतका हस्पिटलमा भर्ना हुनेको संख्या २१ हजार २८६ पुगेको नेशनल हेल्थ सर्भिस (एन एच एस) ले जनाएको छ ।

पछिल्लो २४ घन्टामा मात्र दुई हजार १४३ जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । पछिल्लो समय एकै दिनमा  हस्पिटल भर्ना हुनेको संख्या  यो नै सबैभन्दा बढी हो । हाल एक हजार पाँच सयभन्दा बढी कोरोना संक्रमितको  भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घन्टामा बेलायतमा ३९ हजार ३६ जना नयां संक्रमित थपिएको ‘डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । यो संख्या गत अप्रिल पछिकै सबैभन्दा उच्च हो । बेलायतमा आकुल संक्रमितको संख्या २१ लाख ८८ हजार ५८७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ५७४ कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार कोरोना संक्रमणको  दोस्रो लहर शुरु भएपछिकै  सबैभन्दा बढी  ७४४ कोरोना संक्रमितको मृत्यु भएको थियो । यससंगै बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ हजार ६२५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप