बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

खोपपश्चात हुनसक्ने अनपेच्छित घटना अनुसन्धान समितिको अध्यक्षमा डा.अर्याल नियुक्त

शुक्रबार, १० पुस २०७७, १३ : ४१
शुक्रबार, १० पुस २०७७

काठमाडौँ । खोप पश्चात हुनसक्ने अनपेच्छित घटना अनुसन्धान समितिको अध्यक्ष वरिष्ठ बालरोग विशेषज्ञ डा.धनराज अर्याल भएका छन् । खोप ऐन, २०७२ ले खोप लगाएपछि हुनसक्ने अनपेच्छित घटनाको अनुसन्धान गरी प्रतिवेदन समितिमा पेश गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनपेच्छित घटना अनुसन्धान समिति व्यवस्था गरेको हो ।

अनपेच्छित घटना अनुसन्धान समितिका अध्यक्ष डा. निलम अधिकारीको मृत्यु भएपछि पदमा परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालका बालरोग विशेषज्ञ डा. अर्याललाई अध्यक्षमा नेपाल सरकारले नियुक्त गरेको हो ।

समितिमा प्रा. डा. केदार बराल, डा. रामहरि चापागाई, डा. विनोद खेतान सदस्य छन् । समितिको सदस्य सचिवमा परिवार कल्याण महाशाखा खोप तथा बालस्वास्थ्य शाखा प्रमुख डा. झलक शर्मा गौतम रहेका छन् । यस्तै समितिको सदस्य पदमा वरिष्ठ प्याथोलोजिष्ट डा. रंगबहादुर बस्नेतलाई सरकारले मनोनय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप