बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलद्वारा १२ जना डाक्टरलाई प्रमाणसहित उपस्थित हुन निर्देशन

शुक्रबार, १० पुस २०७७, १३ : ४७
शुक्रबार, १० पुस २०७७

नेपाल मेडिकल काउन्सिलले १२ जना डाक्टरलाई प्रमाणसहित काउन्सिलमा उपस्थित हुन निर्देशन दिएको छ । काउन्सिलले चिकित्सककहरुको नाम ठेगाना र योग्यता खोली दर्ता अभिलेख अध्यावधिक गर्ने काम सम्पन्न गर्नका लागि सूचना जारी गरेको जनाएको छ । काउन्सिलबाट प्रदान गरिएको प्रमाणसहित सूचना प्रकाशन गरेको मितिले तीस दिन भित्र सम्पर्क गर्न आग्रह गरेको हो । 

काउन्सिलले जनकपुरकी डा. प्रेक्षा साह, महोत्तरीका डा. रोशनकुमार शाह, पर्साका डा. शशिकान्त चौधरी, बाराका डा. प्रतिमाकुमारी यादव, पर्साका डा. धनंजयकुमार माली, उदयपुरका डा. रजनिश खड्का, रौतहकी डा. विनिता सिंह, पर्साका डा. पुष्करकुमार तिवारी, महोत्तरीका डा. सीताराम सिंह कुशवाहा र डा. कविता सिंह, सिरहाका डा. दीपककुमार शर्मा र रौतहटका डा. अजयकुमार अस्थानालाई ऐन अनुसार दर्ता किताबका अभिलेख अध्यावधिक गर्न बोलाएको हो । 

यसअघि काउन्सिलले पत्र र फोन मार्फत् जानकारी गराएपनि  हालसम्म उनीहरु प्रमाणसहित काउन्सिलमा नआएकाले सूचना जारी गरेर बोलाइएको हो । ३० दिन भित्र उपस्थित नभए कारबाही गर्ने काउन्सिलले चेतावनी दिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप