आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी तीन दिनको मौसम पूर्वानुमान

शनिबार, ११ पुस २०७७, ०७ : २९
शनिबार, ११ पुस २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाका अनुहार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । भने अहिले तराईका भूभागका थोरै स्थानहरुमा  बाक्लो  हुस्सु र कुहिरो लागेको छ ।  बाँकी भूभागको  मौसम सामान्यतया सफा रहेको छ । 

आगामी तीन दिनको मौसम पूर्वानुमानः

 पौष ११ गते (शनिबार)

दिउँसोः प्रदेश नं १ र सुदुरपश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः  गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक  देखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।

पौष १२ गते (आईतबार)

दिउँसोः गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

रातिः   बाग्मती र गण्डकी प्रदेशमा आँशिक देखि सामान्य बदली रहि बाँकी भूभागमा आंशिक बदली रहनेछ।

पौष १३ गते (सोमबार)

दिउँसोः प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आँशिक रही बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश नं १ र सुदुर पश्चिम प्रदेशमा आँशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप