सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फूलबारी वृहत पशु हाटबजार सञ्चालन

शनिबार, ११ पुस २०७७, २० : ४७
शनिबार, ११ पुस २०७७

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का चिरन्जीवि पौडेल स्थानीय हाटबजारमा टर्की बिक्रका लागि आइपुगे । वडा नम्बर १८ मा सुदूरपश्चिम सामुदायिक कृषि तथा पशु हाटबजार सञ्चालन आएपछि अरु पशुपालक किसान झैं उनी पनि टर्की बिक्रीका लागि पुगेका थिए । 

धनगढी उपमहानगरपालिका, कृषि ज्ञान केन्द्र कैलाली र हाटबजार व्यवस्थापन समितिको लगानीमा सो हाट बजार सञ्चालनमा आएपछि स्थानीय पशुपालक किसानलाई आफ्नो उत्पादन बिक्री सहज भएको छ । टर्कीपालक भने– पहिले फोन र सामाजिक सञ्जालमार्फत र साथीभाईहरूलाई भेटेर मैले पालेको टर्की बिक्री गर्नुपर्ने अवस्था थियो, अब नजिकै हाटबजार शुरु भएपछि बिक्री गर्न सहज भएको छ । 

गाउबाट तरकारी संकलन गरेर हाटबजारमा बिक्रीका लागि आएका धनगढी उपमहानगरपालिका वडा नम्बर १९ का दिपेन्द्र पोखरेलले भने– यहाँहाट बजार नहुदा हामीले संकलन गरेको तरकारी धनगढी बजारमा पुगेर बिक्री गर्नुपर्ने बाध्यता थियो । धनगढी पु-याउन बढी समय र खर्चिलो हुने गर्दथ्यो । अब सहज भएको छ । 

तरकारी किसान तथा व्यापारी दिपेन्द्रले पनि स्थानीय हाटबजारमा नै तरकारी बिक्री बिक्री गर्न पाउँदा खुशी भएको बताए । उनले भने, 'अहिले यही हाटबजार शुरु गरिएको छ । यसले हामीलाई सहज भएको छ । हामीले यहीको उत्पादन यही बिक्री गर्न पनि स्थान पाएका छौं ।' हाटबजारमा तरकारी किन्न आइपुगेका धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का खेम आचार्यले गाउमै हाटबजार सञ्चालन भएपछि तरकारी खरिद र बिक्रीको लागि सुविधा भएको बताए ।

हाटबजार व्यवस्थापन समितिका अध्यक्ष कृष्ण चौधरीले स्थानीयको मागलाई दृष्टिगत गर्दै हाटबजारलाई व्यवस्थित बनाई सञ्चालनमा ल्याइएको बताए । उनले भने– यहाँ २०६५ सालदेखि नै हाट बजार सञ्चालनमा ल्याइएको थियो, तर भौतिक संरचना नहुदा कोही पनि किसान आउदैनथे ।

अध्यक्ष कृष्णले हाटबजारको अभावमा किसानहरूले बिक्री गर्न नसकेर बारीमै तरकारी कुहाउनुपर्ने अथवा महंगो भाडा तिरेर धनगढी लगेर बिक्री गर्नुपर्ने बाध्यता अब अन्त्य भएको  बताए ।

अध्यक्ष कृष्णका अनुसार धनगढी उपमहानगरपालिकाको ६७ लाख रुपैया, कृषि ज्ञान केन्द्रको १५ लाख रुपैया र व्यवस्थापन समितिको ३० प्रतिशत रकम गरी एक करोड ३५ लाख रुपैया“ बराबरको लगानीमा हाटबजारलाई व्यवस्थित बनाइएको बताए । उनका अनुसार अहिले हाटबजारमा एक गोदाम, कृषकहरूलाई उत्पादित वस्तु बिक्री गर्ने स्थान बनाइएको छ । 

अहिले सञ्चालनमा ल्याएको हाटबजारमा हप्ताको तीन पटक खुला गरिने बताए । उनले भने– हाटबजारमा सोमबार, बिहिबार र शनिबार गरी तीन दिन खुला गरिने छ । यहा“ तरकारी, पशुपन्छी लगायत वस्तु खरिद बिक्री गर्न सकिने छ । 

अध्यक्ष कृष्णले अहिले बिक्री वितरणका लागि आउने कृषकहरूबाट शुल्क लिने वा नलिनेबारे कुनै निर्णय नभएको बताए । उनले भने– अहिले व्यवस्थापन समितिले बिक्रीका लागि आउने कृषकहरूबाट शुल्क लिनेबारे केही निर्णय गरेको छैन । दुई-तीन महिनाभित्रै शूल्क लिने वा नलिने भन्ने निर्णय गरिनेछ । 

स्थानीयका अनुसार सो हाटबजारमा कैलारी गाउँपालिका र धनगढी उपमहानगरपालिकाका विभिन्न वडा कृषक समुहहरू तरकारी तथा पशुपंछी खरिद बिक्रीका लागि आउने अपेक्षा गरिएको छ । 
धनगढी उपमहानगरपालिकाको वडा नम्बर १८, १६ र १२ का गरी ४५ वटा कृषक समुहहरू रहेको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप