सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गयो

आइतबार, १२ पुस २०७७, १३ : ३१
आइतबार, १२ पुस २०७७

गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट दुई युवकको ज्यान गएको छ । रेसुङ्गा नगरपालिका– १३ मसिनाखोला निवासी २३ वर्षीय बालकृष्ण भुजेल र २६ वर्षीय टोपबहादुर रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्तले जानकारी दिए ।

बुटवलबाट तम्घास आउँदै गरेको ना५ख ३२०४ नंको ट्रकले आज बिहान करीब २ः०० बजे रेसुङ्गा–१३ को मसिनाखोला भन्ने ठाउँमा ठक्कर दिएको थियो । ट्रक चालक गुल्मीदरबार गाउँपालिका– ६ का २८ वर्षीया गोपाल टन्डन र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप