सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सालकको खपटा र सुकुटीसहित ३ जना पक्राउ

आइतबार, १२ पुस २०७७, १८ : २४
आइतबार, १२ पुस २०७७

काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको अवैध तस्करीमा संलग्न ३ जनालाई नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले चितवनबाट पक्रेको छ । चितवन राष्ट्रिय निकुञ्जमा खटिएको सेना र बाँदरझुला बिओपीको सशस्त्रको टोलीले सालकको खपटा र सुकुटी सहित बन्यजन्तु तस्करीमा संलग्नहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चितवन माडी नगरपालिका–९ घर भएका केशरबहादुर तामाङ, शुक्र बहादुर तामाङ र पंचलाल प्रजा छन् । सुरक्षाकर्मीले उनीहरुको साथबाट ३ सय ७५ ग्राम सालकको खपटा र ३ सय ग्राम सुकुटी बरामद गरेका छन् ।
नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी बिरुद्ध ‘अपरेशन महाहन्ट–७’ सञ्चालन गरिरहेको छ ।

पक्राउ गरिएका पञ्चलाल यसअघि चितुवा मारेको मुद्धामा फरार थिए । उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जमा बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप