झलनाथ भेट्न डल्लु पुग्यो चिनियाँ टोली
सोमबार, १३ पुस २०७७, १५ : ४३
काठमाडौं । नेकपा माधव–प्रचण्ड पक्षका बरिष्ठ नेता झलनाथ खनाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । नेता खनाललाई भेट्न चिनियाँ टोली सोमबार अपरान्ह खनाल निवास डल्लु पुगेको हो ।
यसअघि सोमबारै चिनियाँ टोलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई छुट्टाछुट्टै भेटेको थियो । प्रचण्डलाई खुमलटार र नेपाललाई बानेश्वरस्थित होटलमा भेटेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । नेपाल आएकै दिन सो टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो ।