बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलनरत स्वास्थ्यकर्मीद्वारा वार्ता समिति गठन

सोमबार, १३ पुस २०७७, १६ : ४२
सोमबार, १३ पुस २०७७

आन्दोलनरत ‘नेपाल संयुक्त स्वास्थ्य संघर्ष समिति’ले सरकारसँग बार्तामा लागि आठ सदस्यीय समिति गठन गरेको छ । 
सोमबार नेपाल चिकित्सक संघका अध्यक्ष तथा समितिका संयोजक डाक्टर लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरिएको हो । वार्ता समितिमा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, माइकल देवकोटा, उज्वलकुमार शर्मा, दाताराम अधिकारी, कृष्णमान शाक्य र लता महत छन् । 

उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सर्घष समितिसँग वार्ताका लागि मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । 
 स्वास्थ्य सुधारका माग राख्दै पटकपटक  स्वास्थ्यकर्मीहरुले मन्त्रालयमा लिखित तथा मौखिक रुपमा भन्दै आए पनि  मन्त्रालयले बेवास्ता गर्दै आएको छ । 
भोलि आन्दोलनरत स्वास्थ्यकर्मीसँग सरकारले छलफल गर्ने डा. कार्कीले बताए । संघर्ष समितिले स्वास्थ्य सुधारका १८ वटा मुद्दालाई अगाडि सारेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप