बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एसइडिपी तालिममा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी मात्रै सहभागी हुन पाउने

मङ्गलबार, १४ पुस २०७७, १३ : १७
मङ्गलबार, १४ पुस २०७७


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन आग्रह गरेको छ । एसइडिपी तालिममा सहभागी हुने अधिकृतहरुले पुस १९ गतेसम्म निवेदन दिन मन्त्रालयले आह्वान गरेको हो । 

४१ औँ एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम श्रेणी सहसचिव र सो सरहका कर्मचारीहरुले सहभागी हुन पाउने छन् । 

सो तालिम माघ १ गतेदेखि असार ३ सम्म सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई उक्त तालिममा भाग लिनका लागि पत्राचार गरेको हो । 

सामान्य प्रशासन मन्त्रालयले पुस २० गतेभित्र स्वास्थ्य मन्त्रालयलाई तालिममा सहभागी हुने प्रशिक्षार्थी मनोनयन गरी पठाउन समेत पत्राचार गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप