बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तस्विरमा हेर्नुहोस् प्रचण्ड–माधव पक्षको प्रदर्शन

मङ्गलबार, १४ पुस २०७७, १३ : ४४
मङ्गलबार, १४ पुस २०७७

कृष्ण खड्का/सुवास श्रेष्ठ

संसद् विघटनविरुद्ध संघर्ष थालेको नेकपा (प्रचण्ड–माधव) पक्षले देशव्यापी विरोध प्रदर्शन गरेको छ ।  भृकुटीमण्डपमा आयोजना गरिएको सभालाई केहीबेरमा नेकपाका शीर्ष नेताहरू अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्दैछन् । 

अहिले विभिन्न स्थानबाट निकालिएको र्याली भृकुटी मण्डपमा पुग्ने क्रम जारी छ । संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भन्दै देशैभर प्रदर्शनमा उत्रिएको सो पार्टीले भृकुटीमण्डपमा सभा सुरु हुनअघि काठमाडौका विभिन्न स्थानबाट जुलुस निकालेको छ । 

जुलुसको नेतृत्व अमृत बोहोरा, युवराज ज्ञवाली, जनार्दन शर्मा बेदुराम भुसाल, पम्फा भुसाल, लीलामणि पोखरेल, हरिबोल गजुरेल, अष्टलक्ष्मी शाक्य, मुकुन्द न्यौपाने, योगेश भट्टराई, गिरिराजमणि पोखरल लगायतले गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप