बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

चाडबाडका लागि स्वदेश फर्कनेहरुको संख्यामा बृद्धि, यस्तो छ तथ्यांक

सोमबार, ०९ असोज २०७४, १३ : ३६
सोमबार, ०९ असोज २०७४

काठमाडौं–चाडवाडका लागि  स्वदेश फर्कने युवाहरुको संख्या पछिल्लो महिना बढेको छ ।

 कामका लागि विदेश गएका युवाहरुमा सेप्टेम्वर महिनामा सवैभन्दा बढि स्वदेश फर्किएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो महिना एक लाख ४६ हजार ८८८ जना नेपाल फर्केका छन् । उक्त तथ्यांक गत शुक्रवार अघिको हो । सेप्टेम्वरमा नेपाल फर्कनेहरुको तथ्यांक यस्तो देखिन्छ ।

९/१ –३९९०

 ९/२ –३१३६

९/३ –३३८८,

९/४ –३३६७

 ९/५ –३७०७

९/६ –३५४७

 ९/७ –३३८२

९/८ – ४४१७

 ९/९ –३६३७

 ९/१० ३५१० 

९/११ –४७२९

 ९/१२ –४०१९

 ९/१३– ५००९

 ९/१४ –४६६९

९/१५ –५७०२

 ९/१६ –४४५३

 ९/१७– ४८४१

 ९/१८ –४६९५

 ९/१९ –५९८४

 ९/२० –४४४५

अध्यागमनको तथ्यांक अनुसार सेप्टेम्वर  दुईमा तिन हजार १३६ जनाले नेपाल प्रवेश गरेका छन् । यस महिनाको उक्त अंक सवैभन्दा कम हो भने सेप्टेम्वर १९ मा सवैभन्दा बढि पाँच हजार ९८४ नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागका अनुसार मध्यपूर्वका खाडी मुलुकबाट नेपाल फर्कनेहरुको संख्या अन्य देशहरुको तुलनामा बढि रहेको छ । विभागकोे तथ्यांकमा अगस्टमा एक लाख ५४ हजार ७३१ नेपाल भित्रिएका छन् ।

जुलाईमा एक लाख ४५ हजार ६८४ जना नेपाल फर्केका छन् । त्यस्तै जुनमा एक लाख ४३ हजार २११ जना त्रिभुवन विमानस्थल हुंदै नेपाल फर्केका छन् ।

 

वैदेशिक रोजगार गन्तव्य मुलुक कतारमा लाखौं  नेपाली कार्यरत छन् । मलेशिया पछि कतारमा नेपालीको संख्या बढि रहेको छ । कतारमा नेपालीको संख्या चार लाख बढि छ जुन संख्या कतारी नागरिक भन्दा दोव्वर हो ।

 दशैंमा कतारबाट फर्केनेको संख्या उल्लेख्य रहेको अध्यागमन विभागले जनाएको छ ।  यस वर्ष श्रमका लागि कतार जानेहरुको संख्या एक लाख १३ हजार ६९६ रहेको छ । दशैंका लागि फर्कनेहरुको संख्या पनि कतारबाट बढि रहेको अध्यागमन विभागले जनाएको छ ।

आव २०७३/०७४ मा तिन लाख ५४ हजार ५३८ ले कामका लागि वाहिरिएका छन् । मलेशियाका लागि ९४ हजार ४२६ जनाले श्रम स्विकृति लिएर गएका छन् भने साउदी अरेवियामा ७१ हजार ९४८ र दुबईमा ५० हजार कामका लागि पुगेका छन् । नेपाली कामदारहरुको संख्या अनुरुपनै दशैंका लागि फर्कनेहरुको संख्या रहेको विभागले जनाएको छ ।

आप्रवासी कामदारको संख्या सवैभन्दा बढि मलेशियामा रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सवैभन्दा कम जापानमा रहेका छन् । विभागले कामका लागि विदेशिनहरुको तथ्यांक राखेको छ भने फर्कनेहरुको संख्या दर्ता रहेको बताइएको छ ।

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप