बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

नर्भिकमा ६७२ कोभिड संक्रमितले नयाँ जीवन पाए

मङ्गलबार, १४ पुस २०७७, १८ : २५
मङ्गलबार, १४ पुस २०७७

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड १९ को संक्रमणविरुद्ध देशले थालेको लडाईमा महत्वपूर्ण योगदान गरेको छ ।  

कोभिड संक्रमितको उपचार गर्दै आएको नर्भिकले कोभिडको छुट्टै एनआईसियू तथा फिभर क्लिनिक नै निर्माण गरी बिरामीहरुलाई स्तरीय स्वास्थ्य सेवा दिएको हो ।

यो क्रममा कोभिड संक्रमित भएका ६७२ बिरामीले स्तरीय सेवाको साथमा नयाँ जीवन पाएका छन् । संभवत निजी अस्पतालमध्ये नर्भिकले नै सबैभन्दा बढी संक्रमितको उपचार गरेको हो । 

व्यवसायिक घाटाको डरलाग्दो अवस्थामा रहेको बेला समेत कोभिडको अलग्गै युनिट बनाउँदा सिर्जना हुने आर्थिक दायित्वलाई समेत पन्छ्याएर नर्भिकले सामाजिक उत्तरदायीत्व बोध गर्दै अत्याधुनिक र स्तरीय कोभिड वार्ड तयार गरी बिरामीहरुलाई स्तरीय सेवा दिएको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।

नर्भिकका स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यान जोखिममा राखेर भएपनि ६७२ संक्रमितलाई नयाँ जीवन दिने सफलता पाएको सिंह बताउँछन् ।

नर्भिक अस्पतालले कोभिड सुरु भएपछि केही दिनअघिसम्म गरी कुल ६७२ संक्रमितको सफल उपचार गरेको हो । 

नेपालमा कोभिड १९ को संक्रमण सुरु भएलगत्तै सरकारले घोषणा गरेको कोभिड कोषमा निजी क्षेत्रको तर्फबाट सहयोग गर्ने पहिलो व्यक्ति पनि नर्भिकका अध्यक्ष बसन्तकुमार चौधरी थिए ।

उनले सो बेला सरकारी कोषमा ५० लाख रुपैयाँ नगद प्रदान गरेका थिए भने ६० लाख रुपैयाँ बराबरको मेडिकल सामाग्री समेत हस्तान्तरण गरेका थिए । चौधरीले कोभिड कोषमा योगदानको घोषणा गरेपछि निजी क्षेत्रबाट समेत त्यहाँ सहयोग उपलब्ध गराउने लहर नै चलेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप