सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पूर्व-पश्चिम राजमार्गमा एकैपटक ३ वटा गाडी ठोक्किए, २ जनाको मृत्यु

बुधबार, १५ पुस २०७७, १३ : ०१
बुधबार, १५ पुस २०७७

जनकपुर । धनुषाको पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुघटनामा परि २ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २ जना गम्भिर घाइते भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलस्थित भारतीय ट्रक र ईन्धन बोक्ने नेपाल आयल निगमको टयाङ्कर एक आपसमा जुध्दा घटनास्थलमै २ जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने मालटोलस्थित घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर ०६ जिडी ८८५९ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख २३३८ नम्बरको डिजेल बोकेको तेल ट्याङकर भारतीय ट्रकमा ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

दुर्घटनामा परी को १ ख २३३८ ट्याङ्करका चालक मोरङ विराटनगर महानगरापलिका–४ बस्ने वर्ष ३६ का अर्जुनकुमार मण्डल र भारतीय ट्रक चालक २० वर्षीय रंगीलाकुमारको मृत्यु भएको हो । टाउकोमा गम्भीर चोट लागेका अर्जुनकुमार मण्डललाई प्रादेशिक अस्पाल जनकपुर लैजादैँ गर्दा बाटोमा मृत्यु भएको हो । दुर्घटनामा ट्याङ्करका सह–चालक विराटनगर–४ बस्ने धनराज यादव गम्भीर घाईते भएका छन् । उनलाई थप उपचारको लािग विराटनगर लगिएको प्रहरीले जनाएको छ ।

भारतीय ट्रकका अर्का चालक र सहचालकको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको उपचार हाल प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । तीव्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप