सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्मला पन्त बलात्कार-हत्या प्रकरणः एसपी विष्ट र इन्सपेक्टर भट्टलाई पुनर्बहाली गर्ने निर्णय

बुधबार, १५ पुस २०७७, २२ : १३
बुधबार, १५ पुस २०७७

काठमाडौं । निर्मला पन्त बलात्कार–हत्या प्रकरण बर्खास्त गरिएका प्रहरी उपरिक्षक (एसपी) डिल्लीराज बिष्ट र इन्सपेक्टर जगदिशप्रसाद भट्ट प्रहरी सेवामा फर्किने भएका छन् ।  बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले विष्ट र भट्टलाई पुनर्वहालीको निर्णय गरेको छ । जिल्ला अदालत कञ्चनपुरले प्रमाण नष्ट गरेको र दिलिपसिंह विष्टलाई यातना दिएको आरोपमा उनीहरुलाई सफाई दिने निर्णय गरेको थियो । 

०७६ साउन १५ को सो फैसलापछि उनिहरुले बर्खास्तीको निर्णयमा पुनर्बिचार गर्न गृहमन्त्रालयमा मार्फत मन्त्रिपरिषद्मा अपिल गरेका थिए । गृहमन्त्रालको प्रस्तावमा यसअघि ०७५ असोजमा मन्त्रिपरषद्ले उनीहरुलाई गरेको बर्खास्तको निर्णय सच्च्याईएको एकजना मन्त्रीले रातोपाटीलाई बताए । उनले भने– ‘यसअघिको बर्खास्तको निर्णय सच्च्याइएको छ ।’ 

०७५ साउन ११ मा कञ्चनपुरकी निर्मला पन्तको शव भिमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा फेला परेको थियो । त्यतिबेला इन्स्पेक्टर भट्ट सो वडा–एरियाका इन्चार्ज थिए । एसपी विष्ट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख थिए ।  अनुसन्धानमा संलग्न सिआईबीका तत्कालिन डिएसपी अंगुर जिसी सहितका प्रहरी अधिकृत काममा फर्किसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप