बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पत्रकार राईद्वारा लिखित ‘किरात राई समुदायको प्रथाजनित कानुन’ पुस्तक मुख्यमन्त्रीद्वारा विमोचन

बिहीबार, १६ पुस २०७७, १३ : ५१
बिहीबार, १६ पुस २०७७

किरात राई समुदायमा रहेको प्रथाहरूको सँगालो ‘किरात राई समुदायको प्रथाजनित कानुन’ नाम पुस्तक सार्वजनिक भएको छ । पुस्तक पत्रकार नारायण राईले लेखेका हुन् । उधौलीको अवसरमा सो पुस्तक विमोचन भएको हो । पुस्तकको विमोचन प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले गरेका हुन् । पुस्तक विराटनगर स्थित किरात राई यायोक्खाको प्राङ्गणमा भएको थियो ।

कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय कार्य समितिका निर्वामान अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, किराया केन्द्रीय उपमहासचिव शुभचन्द्र राई लगायतको उपस्थिती रहेको थियो ।

लेखकको अनुसार जसरी नेपालमा संविधान, ऐन, कानुनहरू छन् र ती संविधान, ऐन, कानुनको पालना सबैले गर्नु पर्दछ । सो कानुनको उल्लङ्घन गरेमा दण्ड सजाय भोग्नु पर्दछ भने उसैगरी किरात राई समुदायमा पनि आफ्नौ खाले प्राचीन प्रथा–परम्पराहरू रहेका छन्, जनु प्रथा–परम्पराहरू किरात राई समुदायमा काुनन सरह लागु हुन्छ । सो प्रथा–परम्पराको उल्लङ्घन गरेमा दण्ड सजायको पनि व्यवस्था हुन्छ । यो परम्परा राई समुदायले आफैले आफ्नो समुदायलाई सुव्यवस्थित गर्नका लागि निर्माण गरिएको हो । हजारौँ वर्षअघिदेखि स्थापित ती मूल्य मान्यताहरू राई समुदायमा आज पनि जिवित छन् ।

लेखक भन्छन् – ‘किरात राई समुदायमा रहेको प्रथाहरू निकै वैज्ञानिक र समाज उपयोगी पनि छन् । जस्तो यसै पुस्तकको पृष्ठ ९९ मा उक्खुन्दि वा कन्या चोख्याउने प्रथा छ । जुन प्रथाले विवाहित महिला र पुरुषबीच समानता देखाउँछ । विधुवा(एकल महिला) लाई पनि सामाजिक अपहेलनाबाट मुक्त गराउँछ र अन्य आम मानिस सरह बाँच्न पाउँने अधिकारको सुनिश्चितता प्रदान गर्दछ । यसो भएकाले आज पनि किरात राई समुदायको प्रथाजनित कानुन निकै व्यवहारिक र वैज्ञानिक छ ।’

कानुनका विद्यार्थी राई किरात राई पत्रकार संघ मोरङका अध्यक्ष पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप