बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कुरुवाद्वारा डाक्टरमाथि हातपात, स्वास्थ्यकर्मी  धर्नामा

बिहीबार, १६ पुस २०७७, १५ : ५८
बिहीबार, १६ पुस २०७७

बुटवलमा चिकित्सकमाथि हातपात भएको विरोधमा आज स्वास्थ्यकर्मीहरुले प्रशसानले छिटो कारवार्ही गनुपर्ने माग गर्दे अस्पतालमा धर्ना दिएका छन् । बिरामी कुर्न आएका व्यक्तिले ड्युटीमा खटिइरहेका डाक्टरमाथि हातपात गरेपछि लुम्बिनी प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीहरुले अस्पतालमै धर्ना दिएका छन् ।

गत पुस १० गते राति अस्पतालको आकस्मिक कक्षमा बिरामी कुरिरहेका बिरामीकै छोराले अस्पतालको ईर्मेजेन्सी विभागका एक जना डाक्टरलाई हातपात गरेको र अन्य तीन जना प्यारामेडिक्सहरुलाई अपशब्द बोलेको भन्दै अस्पताल प्रशासनले प्रहरी समक्ष उजुरी गरेको थियो । ६ दिन बित्दासमेत कारवाही नभएको गुनासो गर्दै धर्ना दिएका हुन् । अस्पतालका प्रवक्ता डा विष्णु गौतमले प्रहरीले कुनैपनि कारवाही अगाडि नबढाएको गुनासो गर्दै आकस्मिक कक्षमा काम गर्ने डाक्टर, प्यारामेडिक्स तथा कर्मचारीहरुले ण् आकस्मिक कक्षमा धर्ना दिएको  बताए ।

दमको जटिल समस्या देखिएका बिरामीलाई उनका छोराले अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याएका थिए । जाँचपछि डाक्टरले बिरामीलाई तत्काल भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा बेड खाली नभएको भनी ब्रिफिङ गर्दै गर्दा  उनले हातपात गरेको अस्पतालको आरोप छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप