तस्विरमा २०२० – मानिसले कल्पना नगरेको त्रासदी
हामीले कहिल्यै नबिर्सने वर्ष बन्यो, २०२० । मानव समुदायले पहिले कहिल्यै कल्पना नगरेको त्रासदी यस वर्ष व्यहोर्नुपर्यो । चीनको ऊहान शहर हुँदै कोरोना भाइरस विश्वभर फैलियो । तर, कोरोना कहरका बाबजुद सञ्चारमाध्यमको हेडलाईन्स बन्ने अन्य केही घटनाहरु पनि थिए । यस वर्षका ठूला घटनाक्रमलाई अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका तस्विरले यसरी वर्णन गरेका छन् ।
जनवरी
जनवरी ५ मा न्युु साउथ वेल्स आगलागी तथा उद्धार स्टेशनकी एक अफिसर झ्यालबाहिर आगोको रापताप नियाल्दै । अस्ट्रेलियाको घाँसे मैदानमा फैलिएको आगलागीका कारण गत वर्ष लाखौं वन्यजन्तुको प्राण गयो । मार्चसम्मको तथ्याङ्कअनुसार झन्डै ६ हजार घर ध्वस्त भए, ३४ जनाको मृत्यु भयो ।
दक्षिणी फिलिपिन्सको लेमरी बाटानग्यासस्थित तालमा १२ जनवरीमा ज्वालामुखी बिस्फोट भएपछि आसपासका मानिसहरु घर छाडेर शरणार्थी शिविरतर्फ लागे । उनीहरुले छाडेका घरपालुवा जनावरहरुको खोजी र उद्धारका लागि तैनाथ जनावरप्रेमीहरुको यो तस्विर १५ जनवरीमा खिचिएको हो ।
सिरियामा विपक्षीहरुको अन्तिम मुख्य आधार इलाका मानिएको इदलिबस्थित अरिहा बस्तीमा सरकारी सेनाले हवाई हमला गरेपछि निम्तिएको त्रासदी, १५ जनवरीमा खिचिएको यो तस्विरमा स्थानीयले एक बालकको उद्धार गर्दैछन् ।
३१ जनवरीमा बेलायत ईयुबाट औपचारिक रुपमै बाहिरियो, त्यसको खुसीयालीमा ब्रेक्जिट पक्षधरहरुले गरेको विजय जुलुसमा देशको झन्डा बोकेर सहभागीता जनाउन जाँदै एक युवा ।
फेब्रअरी
सरकार पक्षधरहरुको आक्रमणबाट बाँच्नका लागि घर छाडेर भागेकाहरु एलिप्पोको पश्चिमतर्फ रहेको अबिन सिम्यान बस्तीमा जलेको पसल नियाल्दै, यो तस्विर १२ फेब्रुअरीमा इब्राहिम यासौफले खिचेका हुन् ।
भारत भ्रमणका क्रममा २५ फेब्रअरीमा नयाँ दिल्लीस्थित राजघाटको महात्मा गान्धी स्मारकमा गुलाफ चढाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ।
मार्च
उत्तरी स्पेनको पामप्लोनामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रहरी स्वयंम्सेवकलाई सेनिटाइजर छर्कदैं, यो तस्विर २२ मार्च २०२० मा खिचिएको हो ।
फ्रान्सको पेरिसमा कडा लकडाउनबीच बार्दलीबाट एकअर्कासँग कुराकानी गर्दै छिमेकीहरु, यो तस्विर २८ मार्चमा खिचिएको हो ।
दक्षिण अफ्रिकाको जोहानेसवर्गमा २८ मार्चमा लकडाउनको समय बार्दलीबाट पुलिसलाई हेर्दै स्थानीयहरु ।
अप्रिल
अमेरिकाको न्युर्योकमा व्यक्तिगत सुरक्षात्मक कवच –पिपिई) लगाएका कामदारहरु शवको अन्त्येष्टी गर्दै । यो तस्विर ९ अप्रिलमा लिइएको हो । कोरोना भाइरसबाट सर्वाधिक प्रभावित देशको सुचीमा अमेरिका पहिलो नम्बरमा छ ।
आफ्ना छोराछोरीलाई बन्दाबाट बनाइएको मास्क लगाइदिएर रमाइलो गर्दै उत्तरी गाजा स्ट्रिपकी एक प्यालेस्टाइनी आमा, यो तस्विर १६ अप्रिलमा खिचिएको हो ।
पिपिई लगाएका महिलाहरु कोभिड १९ बाट मरेका व्यक्तिको शव अन्त्येष्टी गर्ने स्थलमा । ईरानको घाइमशाहरमा यो फोटो ३० अप्रिलमा खिचिएको हो ।
मे
कडा लकडाउनका कारण सुनसान बनेको पेरिसको ट्रोकाडेरो स्क्वायर । यो तस्विर १ मेमा खिचिएको हो ।
अमेरिकामा जर्ज फ्लोइडको निधनपछि चर्किएको आन्दोलनका दौरान सर्वसाधारणलाई उनीहरुको मोटरबाट ओराल्दै प्रहरी, यो तस्विर ३१ मेमा खिचिएको हो ।
जुन
स्पेनको बार्सिलोनास्थित एक सभाहलमा मानिस बस्ने कुर्सीमा गमला राखेर बिरुवाहरुलाई संगीत सुनाउँदै संगितिकारहरु, यो तस्विर २२ जुनमा खिचिएको हो ।
८१ वर्षकी अगस्टिना कानामेरो र ८४ वर्षका पास्कुअल पेरेज प्लास्टिकको बार लगाएर एकअर्कालाई चुम्बन गर्दै, २२ जुनमा स्पेनको एक नर्सिङ होममा यो फोटो खिचिएको हो । कोरोना भाइरसबाट अति प्रभावित देशमध्ये स्पेन पनि पर्छ ।
लकडाउन खुकुलो भएपछि चेक गणतन्त्रको प्रागस्थित चाल्स ब्रिजमा ५ सय मिटर लामो टेबलमा सामुहिक रुपमा खाना खानका लागि भेला भएका मानिसहरु, यो तस्विर ३० जुनमा खिचिएको हो ।
जुलाई
साइकल चढेका व्यक्तिहरुलाई औला उठाएर अभिवादन गर्दै पिपिई लगाएका एक व्यक्ति, यो तस्विर १२ जुलाईमा ब्राजिलको राजधानी रियो दि जेनरियोमा खिचिएको हो ।
जर्मन चान्सेलर एन्जेला मर्केल र बुल्गेरियाका प्रधानमन्त्री ब्वाईको बोरिसभो ब्रसेल्सस्थित युरोपेली युनियन सम्मेलनताका कुराकानी गर्दै, यो तस्विर १७ जुलाईको हो ।
अगस्ट
अमेरिकाको क्यालिफोर्नियास्थित चेरी उपत्यकामा आगो लागिरहेको समय ज्यान जोगाउन भाग्दै गरेको मुसा, यो तस्विर १ अगस्ट २०२० को हो ।
उरुग्वेको मोन्टेभिडियोमा कोरोना भाइरस महामारीका दौरान स्पाइडरम्यानको कपडा लगाएका एक व्यक्ति यात्रुबसको प्रतिक्षा गर्दै, यो फोटो २ अगस्ट २०२० को हो ।
लेबनानको बेरुतस्थित बन्दरगाहमा भीषण बिस्फोटका कारण घाइते भएकी ११ वर्षीया होडा किन्नोलाई उद्धार गर्दै उनका काका मुस्तफा । यो तस्विर ४ अगस्टको हो ।
स्विचरल्यान्डको क्लाउसेन पासमा ‘बोडेनफार्ट’ का दौरान एक घाइते गाईलाई हेलिकोप्टरको सहारामा उडाएर अन्यत्र लैजादैं, यस कार्यक्रमका दौरान झन्डै १ हजार गाईहरुलाई तल्ला पहाडहरुमा स्थानान्तरण गर्ने गरिन्छ, यो तस्विर १८ अगस्टको हो ।
सेप्टेम्बर
पूर्व अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन पत्रकारहरुसँग कुराकानी गरेपछि हाँस्दै मास्क लगाउँदै, यो तस्विर सेप्टेम्बर ४ मा खिचिएको हो । नोभेम्बरमा भएको अमेरिकी चुनावबाट बाइडेन आगामी कार्यकालका लागि राष्ट्रपति चुनिएका छन् ।
एल साल्भाडोरको सन्सोनेटस्थित इजाल्को बन्दीगृहमा गुण्डाहरुलाई यातना दिइदैं । कोरोनाकालमा सामाजिक दूरी समेत पालना नगरी उनीहरुलाई सजाय दिइएको थियो । यो फोटो ४ सेप्टेम्बरमा खिचिएको हो ।
अक्टूबर
नयाँ शैक्षिक सत्रको पहिलो दिन यमनको तेइजमा क्षतिग्रस्त विद्यालयमा भवनमा पठन–पाठन गर्दै विद्यार्थी, गृहयुद्धका कारण यमनका थुप्रै विद्यालयहरु क्षतिग्रस्त छन् । यो तस्विर ७ अक्टुबरमा लिइएको हो ।
नोभेम्बर
मेडिटेरानियन समून्द्रमा आप्रवासीहरुको उद्धार गरिदैं, यी आप्रवासीहरु रबरको डुङ्गामा बसेर लिबियाबाट युरोप छिर्न खोजेका थिए । अफ्रिका र मध्यपूर्वबाट अवैध रुपमा युरोप छिर्न खोज्ने धेरै यात्रुले समून्द्रमा डुबेर ज्यान गुमाउने गरेका छन् । यो फोटो ११ नोभेम्बरमा खिचिएको हो ।
अर्मेनियाले नोगार्नो–काराबाखबाहिरको गाउँका केही भूभाग अजरबैजानलाई हस्तान्तरण गर्ने तय भएपछि आफ्नै घरमा आगो लगाउँदै गाउँलेहरु, उनीहरुले अर्मेनिया फर्कनुअघि यस्तो कार्य गरेका हुन् । यो तस्विर १४ नोभेम्बरमा खिचिएको हो । नोगार्नो–काराबाख विवादका कारण यस वर्ष अर्मेनिया र अजरबैजानबीच निम्तिएको थियो ।
नोगार्नो–काराबाख क्षेत्रस्थित आफ्नो गाउँ छाडेर हिंडेको एक परिवार ट्रकमा आफ्नो सानो घरलाई लोड गरेर नयाँ गन्तव्यतर्फ पुु¥याउँदै । यो तस्विर १८ नोभेम्बरमा खिचिएको हो ।
डिसेम्बर
ग्रहणका दौरान चन्द्रमाले सूर्यलाई ढाकेको दृश्य, अर्जेन्टिनाको पिड्रा डेल एग्अुयलाबाट १४ डिसेम्बरमा यो तस्विर खिचिएको हो ।
Source: https://www.euronews.com